आलोपालोको राजनीति
आलोपालोको सहमतिमा शाहीले दिए राजीनामा
महेन्द्रबहादुर गए, जीवनबहादुर आउने

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आलोपालो सरकार चलाउने सहमतिका कारण पदबाट राजीनामा दिएका छन् ।
सोमबार कर्णालीवासीको नाममा सम्बोधन गर्दै शाहीले राजीनामाको घोषणा गरेका हुन् । सत्ता साझेदार नेपाली काँग्रेससँग भएको आलोपालो सरकार चलाउने सहमतिअनुसार उनले राजीनामा दिएका छन् ।
काँग्रेस माओवादीबीच पहिलो ६ महिना शाही र बाँकी समय काँग्रेसका जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने सहमति अनुसार महेन्द्रबहादुर मुख्यमन्त्री बनेका थिए ।
गठबन्धन फेरबदलका क्रममा भएको सहमति अनुसार आफूले इमानको राजनीति प्रस्तुत गर्दै नेपाली काँग्रेसलाई सत्ता हस्तान्तरण गर्न लागेको शाहीले बताए ।
नयाँ सरकारलाई आफ्नो र पार्टीको पूर्ण समर्थन रहेको पनि उनले सम्बोधनमा उल्लेख गरेका छन् ।
तत्कालीन नेकपा विभाजित भएपछि शाही सरकार अल्पमतमा परेपछि काँग्रेसको समर्थन र तत्कालीन एमाले ४ सांसदको फ्लोर क्रसको बलमा सरकार जोगिएको थियो । त्यतिबेला अर्थात वैशाख ३ गते ६ महिनापछि काँग्रेसलाई सत्ता हस्तान्तरण गर्ने गरी मुख्यमन्त्री शाही र काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीबीच लिखित सहमति भएको थियो ।
शाही ३ वर्ष ८ महिनापछि प्रदेशको सत्ताबाट बाहिरिएसँगै काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने बाटो खुला भएको छ ।
सम्बोधनका क्रममा शाहीले सरकारले गरेका कामको लामो फेहरिस्त प्रस्तुत गर्दै अहिलेसम्म आफूलाई साथ दिने राजनीतिक दल र कर्मचारीलाई धन्यवादसमेत दिए ।










राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पाठक नियुक्त
एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
आजदेखि बाघ गणना हुँदै
रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
एनपीएल फाइनल : लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
एसीसी यु–१९ एसिया कपः नेपाल श्रीलंकासँग पराजित
प्रतिक्रिया