सन् २०४५ भित्र कार्बन उत्सर्जन शून्यमा पुर्याउने नेपालको लक्ष्य

काठमाडौँ । प्रधानमन्त्री शेर बहादुर देउवाले जलवायु परिवर्तनका कारण नेपालको हिमाली क्षेत्र दिनप्रतिदिन प्रभावित हुँदै गइरहेको बताएका छन् । प्रधानमन्त्री देउवाले हिमाली क्षेत्रको संविदेनशीलताप्रति नेपाल मात्र नभइ विश्व समुदाय लगानु पर्ने बताए ।
जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप-२६) लाई स्कटल्याण्डको ग्लास्गोमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले हिमाली क्षेत्रको विशिष्ट जलवायु संकटलाई पहिचान गरी जलवायुसँग सम्बन्धित हरेक छलफलमा हिमालय अजेण्डालाई उच्च प्राथमिकतामा राख्न उनले आग्रह गरे । उनले भने, ‘हिमाल विश्वकै पानीको मुख्य स्रोत हो । यसमा पर्ने असरले विश्व समुदायलाई नै प्रभावित पार्छ । हिमाललाई केवल हिमालका रुपमा मात्र नभई समग्र मानव समाजको उन्नति र प्रगतिको स्रोतका रुपमा लिनुपर्छ ।’
विश्व जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौता कार्यान्वयनका लागि नेपाल प्रतिबद्ध रहेको भन्दै प्रधानमन्त्री देउवाले कार्बन उत्सर्जन शून्य पार्ने प्रतिबद्धता जनाए । उनले नेपालले कार्बन उत्सर्जन सन् २०४५ भित्र शून्यमा पुर्याउने लक्ष्य राखेको बताए । उनले नेपालले आफ्नो अर्थतन्त्रको हरेक क्षेत्रलाई कार्बनरहित बनाउने महत्वाकांक्षी राष्ट्रिय निर्धारित योगदान ९एनडिसी० पेस गरेको पनि जानकारी दिए ।
प्रधानमन्त्री देउवाले कूल ऊर्जाको मागको १५ प्रतिशत स्वच्छ ऊर्जा स्रोतबाट पूर्ति गर्न सुनिश्चित गरिने र सन् २०३० भित्र ४५ प्रतिशत वन क्षेत्र बनाउने बताए । उनले नेपालको करिब ८० प्रतिशत जनसंख्या प्राकृतिक र जलवायुजन्य प्रकोपबाट जोखिममा रहेको जानकारी गराए । प्रधानमन्त्री देउवाले विगत ४० वर्षको अवधिमा प्राकृतिक प्रकोपबाट नेपालमा करिब ६ अर्ब अमेरिकी डलर बराबरको भौतिक र आर्थिक क्षति पुगेको बताए ।
सम्बोधनमा देउवाले प्रकृतिको मूल्यलाई स्वीकार गर्दै प्रकृति संरक्षण र जलवायु परिवर्तनमा सँगै काम गर्नका लागि समर्पित संस्था स्थापना गर्ने निर्णय गरेको बताए । सम्मेलनमा ११७ देशका राष्टट्टप्रमुख तथा सरकारप्रमुखको सहभागीता छ । उनीहरुले मंगलबारसम्म सम्बोधन गर्ने कार्यक्रम छ ।

















सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
One more Election Policeman dies in Baitadi
9 days left to go for HoR polls: EC reminds stakeholders of Election Code of Conduct
मिथिला मध्यमा परिक्रमाको महोत्तरी यात्रा पूरा , यात्री धनुषा प्रस्थान
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
सम्बोधनअघिको दबाबमा ट्रम्प
अहिलेको चुनावले कुनै निकास नआउने भन्दै निर्वाचन पछि सार्न राजेन्द्र लिङदेनको प्रस्ताव
ट्राफिक प्रहरीद्वारा सात महिनामा ७६ लाखभन्दा बढी राजस्व सङ्कलन
सुनसरीमा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप
प्रतिक्रिया