धवलागिरि अस्पतालमा जीवनजल अभाव

गलकोट । धवलागिरि अस्पतालमा जीवनजलको अभाव भएको छ । भाइरल ज्वरो, झाडावान्तालगायतका बिरामीको चाप बढेपनि अस्पतालमा एक सातादेखि जीवनजलको अभाव कायमै छ ।
झाडावान्ता भएपछि छोरालाई अस्पताल ल्याएकी सरिता शर्माले जीवनजल नपाएको गुनासो गरिन् । शर्माजस्तै अन्यले पनि उक्त समस्या भोग्नु परिरहेको छ । केही दिनदेखि जीवनजल अभाव भएको अस्पतालका फार्मेसी इन्चार्ज सन्तोष सुवेदीले बताए ।
“समयमै औषधि ल्याउन खरिद ऐन नै परिवर्तन गर्नुपर्छ, तत्कालै हामीले औषधि खरिद गर्न मिल्दैन”, उनले भने, “स्वस्थ्य बिमाले सबै औषधि दिनु भन्छ, तर खरिद ऐन बाधक बन्छ त्यसैले भनेको समयमा औषधि दिन सकिरहेका छैनौँ ।”
फार्मेसीमा जीवनजल मात्रै होइन, थाइरोनम २५ लगायतका अन्य अत्यावश्यक औषधिको समेत अभाव भएको छ । खरिद ऐन परिवर्तन नभएसम्म यस्तो समस्या दोहोरिने सुवेदीले बताए । धवलागिरि अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा शैलेन्द्र विक पोखरेलले जीवनजललगायतका अत्यावश्यक औषधिको अभाव हुन नदिने बताए । बागलुङ नगरका अन्य स्वास्थ्य संस्थामा जीवनजल, सिटामोललगायत अत्यावश्यक औषधिको अभाव नभएको बागलुङ नगर स्वास्थ्य शाखाका संयोजक रामप्रसाद खनालले जानकारी दिए ।









प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेवलाई फर्काउन सर्वोच्चको आदेश
सिटी सफारी चालक हत्या प्रकरणमा सात जना पक्राउ
पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्ने सरकारको निर्णय
सुडानको पूर्वप्राथमिक विद्यालय र अस्पतालमा भएका आक्रमणमा ६३ बालबालिकासहित ११४ जनाको मृत्यु
सबै क्षेत्रको विकासका लागि भरपर्दो उत्तर-दक्षिण राजमार्ग आवश्यक छः अर्थमन्त्री खनाल
उपत्यकाबाट एमालेको केन्द्रीय सदस्यमा हिमेश केसीको दावी
एमाले महाधिवेशन : सचिव पदमा युवा नेताको लर्को
एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो
एनपिएल : आज दुई खेल हुँदै
आज २०८२ साल मंसिर २० गते शनिबारको राशिफल
प्रतिक्रिया