सातै प्रदेशका महिला सांसदलाई चार दिनको तालिम

काठमाडौं । राष्ट्रिय आदिवासी जनजाति महिला मञ्च (निफ) ले सातै वटा प्रदेश सरकारका महिला सांसदको क्षमता अभिवृद्धिका लागि आयोजित छलफल गरेको छ ।
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युनएनडिपी) अन्तरगत संसद सहयोग परियोजनासँगको सहकार्यमा निफले चार दिने ‘भर्चुअल अन्तरक्रिया कार्यक्रम’ मंगलबार सम्पन्न गरेको हो ।
अन्तरक्रियामा ४ वटा विषयमाथि सम्बन्धित विषय विज्ञहरुले सहजिकरण गरेका थिए ।
कार्यक्रमको पहिलो दिन संविधानसभाका सांसद एवम् लैंगिक समानता र सामाजिक समावेशिता विज्ञ पेम्बा लामाले ’लैङ्गिक प्रतिच्छेदनात्मक अन्तरसम्बन्ध’ बारे प्रस्तुति गरेकी थिइन् ।
दोश्रो दिन अधिवक्ता डा. कुन्साङ योञ्जनले ‘स्व–निगरानी र स्व–मुल्याङ्कन’ विषयमा छलफल सञ्चालन गरे ।
त्यसैगरी, कार्यक्रमको तेश्रो दिन ’पारस्परिक सञ्चार र सम्झौता प्रकृया’ विषयमा सञ्चारकर्मी अमरध्वज लामाले अन्तरक्रियाको सहजिकरण गरेका थिए ।
चौथो तथा अन्तिम दिन मंगलबार योजनाविद् रामशरण प्याकुरेलले ‘व्यक्तित्व विकास’ बारे सहजीकरण गरेका थिए ।
नेपालको संघीय व्यवस्थालाई बलियो बनाउन सहयोग पुगोस् भन्ने उद्देश्यले राष्ट्रिय आदिवासी जनजाति महिला मञ्च (निफ) सँगको सहकार्यमा प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको संसद सहयोग परियोजनाका राष्ट्रिय कार्यक्रम व्यवस्थापक डाक्टर राजबहादुर श्रेष्ठले बताए ।
श्रेष्ठले आगामी वर्षमा समेत यस किसमका कार्यक्रमहरुको आयोजनामा सघाउने युएनडिपीको योजना रहेको जानकारी दिए ।
त्यसैगरी, संसदीय सहयोग कार्यक्रम (यूएनडीपी) का संसदीय मामिला टोली प्रमुख डाक्टर यामबहादुर किसन, निफका उपाध्यक्ष यशोकान्ती भट्टचन, महासचिव कृष्णकुमारी वाइवा लगायतले प्रदेशसभामा विभिन्त जाति र समुदायको महिलाको पहिचान, पहुँच र प्रतिनिधित्वलाई प्रभावकारी बनाउन भर्चुअल अन्तरक्रियाले सघाउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा पूर्वमन्त्री करिना बेगम, कर्णाली प्रदेशका उपसभामुख पुष्पा घर्ती (विष्ट) लगायत विभिन्न समुदायका ३० जना महिला सांसदहरुले अन्तरक्रिया गरेका थिए ।

















बैतडीमा निर्वाचन प्रहरीको निधन
कांग्रेसकाे तर्फबाट राष्ट्रिय टिमकी कप्तान साम्बाको उपचारमा पाँच लाख सहयोग
अमेरिकामा भीषण हिमपात :५ हजारभन्दा बढी उडान रद्द,६ लाख घरमा विद्युत अवरुद्ध
पश्चिम दाङका विकट स्थानका दुई अतिसंवेदनशील मतदानस्थलको अनुगमन
आईसीसी टी–२०विश्वकपः सुपर आठमा आज पाकिस्तान र इंग्ल्यान्ड भिड्दै
दाङमा एमालेको झण्डा जलाएको आरोपमा थप दुई जना पक्राउ
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
सम्बोधनअघिको दबाबमा ट्रम्प
ट्राफिक प्रहरीद्वारा सात महिनामा ७६ लाखभन्दा बढी राजस्व सङ्कलन
सुनसरीमा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप
प्रतिक्रिया