कार्यवाहक प्रधानमन्त्री खाँण डडेल्धुरामा
मेरोन्यूज
२०७८ कार्तिक १७ गते १२:५५

कैलाली । प्रधानमन्त्रीको कार्यभारसमेत सम्हालेका गृहमन्त्री बालकृष्ण खाँणले डडेल्धुराको गन्यापधुरा–१ र ३ स्थित बाढीपहिरो क्षेत्रको निरीक्षण गरेका छन्।
उनलाई गाउँपालिका अध्यक्ष नवलबहादुर मल्लले बाढीपहिराबाट भएको क्षतिको विवरण प्रस्तुत गर्दै राहत र बस्ती स्थानान्तरणका लागि आग्रह गर्दै ज्ञापनपत्र बुझाएका छन् । कार्यवाहक प्रधानमन्त्री खाँणले जनतालाई राहत र घर निर्माणका लागि सरकारले सक्दो सहयोग पुर्याउने प्रतिबद्धता व्यक्त गरे।
यस क्षेत्रमा बाढीपहिराबाट झण्डै २५० घरधुरी जोखिममा पर्नुका साथै खेतीयोग्य जमिनसमेत कटानमा परेको छ। सुुदूरपश्चिम क्षेत्रका डडेल्धुरा, बझाङ र बैतडीका बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्ने क्रममा उनी यहाँ आएका हुन्।
सम्बन्धित

















सुरक्षा खतराको कारण घर छाडेका अष्ट्रेलियाका प्रधानमन्त्री निवासमा फिर्ता
आज विभिन्न जिल्लामा असिना पानी, सबैभन्दा बढी वर्षा सङ्खुवासभामा
विगतमा एमाले हार्दा दाङ विकासको प्रतिस्पर्धामा पछाडि पर्याे – शङ्कर पोखरेल
मौद्रिक नीति अर्धवार्षिक समीक्षाः क्षेत्रगत कर्जा विस्तार र पूर्वाधार लगानीमा सहजीकरण
निर्वाचन आयाेगले भन्याे– निर्वाचन चिह्नको भौतिक स्वरूप प्रयोग नगर्नु/नगराउनू
निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिन सिफारिस
लिचीबारी घुस प्रकरणमा रन्जिता श्रेष्ठलाई धरौटीमा छाड्न आदेश
Nepal’s Cooperatives at Risk: Legal Concerns over RSP’s Policy
सशस्त्र प्रहरीका २३ बरिष्ठ उपरीक्षकहरु निर्वाचन अनुगमनमा
प्रतिक्रिया