वीरगञ्जस्थित घण्टाघरको घडी पुनः सञ्चालनमा
मेरोन्यूज
२०७८ कार्तिक १८ गते ८:२९

वीरगञ्ज । नेपालकै ठूलो आर्थिक राजधानीका रूपमा स्थापित वीरगञ्ज बजारमा अवस्थित घण्टाघरको घडी पुनः सञ्चालनमा आएको छ । विगत छ वर्षदेखि बिग्रिएको अवस्थामा रहेको घण्टाघरको घडी वीरगञ्ज महानगरपालिकाको पहलमा मर्मतसम्भारपश्चात् पुनः सञ्चालनमा आएको हो ।
महानगरपालिकाले घण्टाघरस्थित घडीको मर्मतसम्भार गरेर घडी पुनः सञ्चालनमा ल्याएको महानगर प्रमुख विजयकुमार सरावगीले बताए । साथै आगामी दिनमा घण्टाघरको व्यवस्थापन गर्ने जिम्मा वीरगञ्ज महानगरपालिकाले नै लिने भएको हो । घण्टाघर व्यवस्थापनका लागि महानगरपालिकाले चालु आव ०७८÷०७९ मा ५० लाख बजेटसमेत विनियोजन गरेको जनाइएको छ ।
वीरगञ्जको पहिचानका रूपमा परिचित घण्टाघर प्रमुख आकर्षणको केन्द्रविन्दु हो । धेरैको जमघट गर्ने स्थल पनि घण्टाघर नै हो । त्यही घण्टाघरको घडी लामो समयदेखि बिग्रिएको थियो ।
सम्बन्धित









प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेवलाई फर्काउन सर्वोच्चको आदेश
पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्ने सरकारको निर्णय
सुडानको पूर्वप्राथमिक विद्यालय र अस्पतालमा भएका आक्रमणमा ६३ बालबालिकासहित ११४ जनाको मृत्यु
सबै क्षेत्रको विकासका लागि भरपर्दो उत्तर-दक्षिण राजमार्ग आवश्यक छः अर्थमन्त्री खनाल
उपत्यकाबाट एमालेको केन्द्रीय सदस्यमा हिमेश केसीको दावी
एमाले महाधिवेशन : सचिव पदमा युवा नेताको लर्को
एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो
आज २०८२ साल मंसिर २० गते शनिबारको राशिफल
एनपिएल : आज दुई खेल हुँदै
प्रतिक्रिया