दार्चुलामा पत्नीसँग सम्बन्ध विच्छेद गर्ने पुरुष बढे

काठमाडौँ । पत्नीबाट छुट्टिएर बस्न चाहेको भन्दै दार्चुलामा सम्बन्ध विच्छेदका लागि मुद्दा दर्ता गराउने पुरुषको संख्या बढ्दै गएको छ । जिल्ला अदालतमा सम्बन्ध विच्छेद गराउन भन्दै चालु आर्थिक वर्षको चार महिनामा ६ पुरुषले सम्बन्ध विच्छेदका लागि निवेदन दर्ता गराएका छन् ।
चालु आवमा गत आवको जिम्मेवारी सरेकाले सात गरी कूल १३ पुरुषले सम्बन्ध विच्छेदका लागि अदालतमा मुद्दा दायर गरेको जिल्ला अदालतका श्रेस्तेदार कोशलेश्वर ज्ञवालीले जानकारी दिए । विसं २०७४ भदौ १ गतेदेखि लागू भएको नयाँ मुलुकी देवानी (संहिता) ऐन कार्यान्वयनमा आएपछि जिल्लामा हरेक वर्ष महिलाकै संख्यामा पुरुषले पनि सम्बन्ध विच्छेदका लागि मुद्दा दायर गर्न थालेका छन् ।
पछिल्लो समय जिल्लामा सम्बन्ध विच्छेदका घटना निकै बढेका छन् । पतिले पत्नीको दोष देखाएर र पत्नीले पतीको दोष देखाएर अलग भएर बस्न चाहेको भन्दै सम्बन्ध विच्छेद गराउन चाहनेको संख्यामा बढ्दै गएको अदालतको तथ्यांकले देखाउँछ । गत वर्ष ३० सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका थिए ।
मुद्दा दर्ता गराउनेमा १८ महिला थिए । गत वर्ष दर्ता भएका सात मुद्दाको मात्र फैसला भएको ज्ञवालीले बताए । चालु आवमा हालसम्म एउटा मुद्दाको फैसला भएको छ । आव २०७५÷७६ मा ४३ सम्बन्ध विच्छेदका मुद्दा दायर भएकामा १५ पुरुषले आफू पीडित भएको भन्दै मुद्दा दायर गरेका थिए ।
आफूलाई बेवास्ता गरेको, खान लगाउन नदिएको, अनावश्यक शंका गरेकोजस्ता कारण देखाएर पत्नीले पतिसँग सम्बन्ध विच्छेद गराउन चाहेको भन्दै मुद्दा दर्ता गर्न थालेका श्रेस्तेदार ज्ञवाली बताउँछन् । पुरुषले पनि विभिन्न कारण देखाएर पत्नीसँग छुट्टिन चाहेको भन्दै अदालत धाउने गरेका छन् ।
बढ्दो सामाजिक सञ्जालको प्रयोग, श्रीमान् विदेशमा हुनु, पारिवारिक कलह, शंकाउपशंका, सानै उमेरमा विवाह गर्ने, गाउँ छाडेर बजारमा डेरा गरी बस्नेलगायत कारण पती पत्नीबीच कलह बढ्ने गरेको पाइएको छ ।
महिलाको तुलनामा पुरुषले सम्बन्ध विच्छेदका लागि बढी मुद्दा दिने गरेको तथ्यांक छ । “छोरा नभएको कारण देखाएर पनि सम्बन्ध विच्छेद गर्ने गरेका छन्”, ज्ञवालीले भने ।

















गृहमन्त्री अर्यालद्वारा मतदानस्थल र प्रहरी मुख्यालयकाे निर्वाचन व्यवस्थापन केन्द्र निरीक्षण
६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
मध्यपूर्वी द्वन्द्व चर्किँदै, सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सर्न आग्रह
राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीले गराइन् निर्वाचनबारे जानकारी
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
युएईमा फ्रान्सेली सेना रहेको बेसमा इरानकाे आक्रमण
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह
प्रतिक्रिया