सोरठी र देउसीभैलोको संरक्षणमा जुटे स्थानीयवासी

गलेश्वर । उमेरले ६० वर्ष पार गरिसकेका म्याग्दीका चिमखोला, बेगखोला, पाखापानी, ठाडाखानी र बगरफाँटका ज्येष्ठ नागरिक सोरठी गीत र परम्परागत देउसीभैलोको संरक्षणमा जुटेका छन् ।
पौराणिक तथा ऐतिहासिक कथा समेटेर विविध लय र तालमा मारुनी नाचसहित सोरठी गाउने चलनलाई निरन्तरता दिन चार गाउँका पुरानो पुस्ता सक्रिय भएका हुन् । त्यसैगरी बेनी नगरपालिका–२ बगरफाँटका पुरानो पुस्ताका अग्रजहरु मौलिक देउसीभैलोको महत्व र भाव नयाँ पुस्तालाई बुझाउन देउसी भैलो कार्यक्रम आयोजना गरेर संरक्षणमा जुटेका हुन् ।
मौलिक थाली नाचको उद्गमस्थल चिमखोला, मगर संस्कृतिको आँखीझ्याल मानिने बेगखोला, शेरपुजा र पाइजाको पुख्र्यौली गाउँ पाखापानी र छन्त्याल समुदायको खुला सङ्ग्रहालय मानिने ठाडाखानीका पाका पुस्ताले लोप हुँदै गएको सोरठी संस्कृतिलाई बचाउन नयाँ पुस्ताका बालबालिका र युवायुवतीलाई प्रशिक्षणसमेत दिन सुरु गरेका स्थानीयवासी टेकबहादुर छन्त्यालले बताए । छयात्तर वर्षीय छन्त्याले भने, “अघिल्लो पुस्तासँगै मौलिक कला, संस्कृति हराउने डरले संरक्षणको पहलमा जुटेका हौँ ।”
सोरठी गीतको समूहमा वृद्ध कलाकारदेखि युवासम्म सम्लग्न छन् । छन्त्यालका अनुसार यो गीत प्रदर्शनकै लागि विभिन्न ठाउँबाट माग आउने गरेको छ । गाउँमा भुमे सोरठी संरक्षण समिति नामको संस्था नै गठन गरेर सोरठी संरक्षणमा जुटेको बेगखोलाका दलबहादुर पुनले बताए । समितिले प्रस्तुतिलाई व्यवस्थित र आकर्षक बनाउन एकै खाले पोशाकको समेत व्यवस्था गरेको छ ।
कलाकारमा गाउने समूह, मादले, मारुनी, पुर्सुङ्गेको आवश्यकता पर्छ । पुरुष कलाकार पनि महिलाकै भेषमा मारुनी बनेर नाच्ने परम्परा छ । मादलकै तालबाट गुरु ‘बा’को निर्देशनानुसार अन्य कलाकारले गायनमा सघाउँछन् । मगर समुदायमा विवाह, व्रतबन्धदेखि सार्वजनिक समारोह, मेलापर्व र उत्सवमा समेत सोरठी प्रस्तुत गरिन्छ ।
सोरठी गीत विशेषगरी तिहारका बेला रामलीला, कृष्ण चरित्रजस्ता ईश्वरीय भक्तिगानका रूपमा गाउने प्रचलन छ । तर पछिल्लो समय यसको उचित प्रवद्र्धन हुन नसकेको संस्कृतिकर्मीहरू बताउँछन् । यता क्षेत्री र ब्राह्मण समुदायको बाहुल्य रहेको बगरफाँटमा पनि स्थानीय दुर्गाबहादुर थापा, पार्वती शर्मालगायत ज्येष्ठ नागरिकको पहलमा मौलिक देउसीभैलोको संरक्षण अभियान थालिएको छ ।
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया