मौलिकपन जोगाउन कलाकार सङ्घको देउसीभैलो

कास्की । पोखरा साङ्गीतिक कलाकार सङ्घले तिहारमा खेलिने देउसीभैलोको मौलिकपन हराउँदै गएको भन्दै यसलाई जोगाउन पहल गरेको छ ।
बजारमा रेकर्ड गरिएका गीतमा नाचगान गर्दै देउसीभैलो खेल्न थालेर मौलिक संस्कृति लोप हुँदै जाने देखिएकाले त्यसलाई अन्त्य गर्न कलाकारले आफैँ गाउँदै र नाच्दै पोखराका विभिन्न ठाउँमा भैलो खेलेका हुन् ।
देउसीभैलो कार्यक्रमको नेतृत्व सङ्घका अध्यक्ष सुनिल थापाले गर्नुभएको र उहाँको समूहमा आनन्दराज बज्राचार्य, शान्तराज बज्राचार्य, भाइ गुरुङ, भाष्करध्वज श्रेष्ठलगायत सदस्यहरु थिए। समूहलाई पोखराको चर्चित हिमाली सांस्कृतिक परिवारका सदस्यहरूले साथ दिएका थिए ।
भैलोको मौलिकता हराउँदै गएकाले आफूहरुले संरक्षणका लागि भैलो खेलेको सङ्घका अध्यक्ष थापाले बताए । उनले भने, “हिजोआज अर्काको रेकर्डेड गीत पेनड्राइभबाट बजायो, नाच्यो, सकियो । यसबाट हाम्रो मौलिक संस्कृति लोप हुँदैछ, यसलाई बचाउन हामीले आफँै गाउने, आफैँले बाजा बजाउने र आफैँ नाच्दै देउसीभैलो खेलिरहेका छौँ ।”
पोखराका गैहपाटन, चिप्लेढुङ्गा, विरौटालगायत स्थानमा भैलो खेलेको सङ्घले आगामी वर्ष पनि यसलाई निरन्तरता दिने सोचाइमा रहेको र सङ्कलन भएको रकम सङ्घको कोषमा राखेर कलाकारलाई कुनै समस्या पर्दा खर्च गरिने बताइएको छ ।
















आज (शुक्रबार) का लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पश्चिमी वायुको प्रभावले देशका विभिन्न भागमा बदली, केही स्थानमा मेघगर्जनसहित वर्षा हुने
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया