भारतको लागुऔषध नेपाल भित्र्याउने दुई युवक पक्राउ
महोत्तरी । भारतबाट लागुऔषध बोकी नेपाल आएका दुई युवकलाई प्रहरीले गए राति पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोनमा गाउँपालिका–३ बस्ने १८ वर्षीय अञ्जित यादव र २४ वर्षीय सिकिन्द्र यादव रहेका छन् ।
महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार गए राति १० बजे भारत बिहारको सीतामढी जिल्लाको कन्हमा सहरबाट लागुऔषध बोकेर सम्सी गाउँपालिका–६ स्थित बजारमा आएका उनीहरूलाई सम्सीस्थित प्रहरी चौकीबाट गस्तीमा गएका प्रहरी टोलीले शङ्का लागि जाँच गर्दा लागुऔषधसहित पक्राउ परेका थिए ।
ती युवाका साथबाट प्रहरीले नेपालमा प्रतिबन्धित एकिझप्लौन सिरप दुई बोतल, स्पास्मो प्रोक्स ट्याब्लेट १८ थान र नाइट्रोजन ट्याब्लेट नौ थान बरामद गर्नाका साथै दुई थान मोबाइल र उनीहरुले चढी आएको भारतीय नम्बर बीआर३०यु ६९५४ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको जनाइएको छ । उनीहरूलाई थप कारबाहीका लागि अहिले जिल्ला प्रहरी कार्यालयमा पठाउने तयारी भइरहेको छ ।

















कांग्रेस सभापति थापाले मतदानपछि भने-‘निर्वाचनले संविधान ‘ट्रयाक’मा आयाे’
२ घण्टामै देशभर ८ लाख ५० हजारभन्दा बढीद्वारा मतदान
परराष्ट्र सचिव र चिनियाँ राजदूतबीच भेट
झापा-५ पुगेर प्रधानमन्त्रीले गरिन् मतदान
निर्वाचनपछि पनि मुलुकमा स्थायित्वको सम्भावना कठिन छ, फेरि मध्यावधिमा जानसक्छः सुरेन्द्र पाण्डे
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
अमेरिकासँगको वार्ता इरानद्वारा अस्वीकार
आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
प्रतिक्रिया