बुधबार, फागुन १३, २०८२

जवराले आफुलाई पनि तोके इजलास

मेरोन्यूज २०७८ कार्तिक २२ गते ११:५३

काठमाडौं । आफ्नो राजीनामा माग गदै आफ्नै सहकर्मी न्यायाधीस देखि कानुनब्यवसायीहरुसमेत आन्दोलनमा उत्रेपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले तिहार अगाडी आफ्नो लागि इजालास तोकेका थिएनन ।

Advertisement
nepal life insurencenepal life insurence

तर तिहार विदाको भोलिपल्टै अदालत खुलेपछि उनले सर्वोच्च अदालतका न्यायाधीशहरूसँग भएको अघोषित सहमति विपरित सोमबार आफ्ना लागि पनि इजलास तोकेका छन् । जबराले आफूसहित न्यायाधीश डा. कुमार चुडालको संयुक्त इजलास तोकेका हुन् ।

आफनो लागि इजलास अहिले नतोक्ने भन्दै न्यायाधीसहरुसँग उनले आफैले गरेको भद्र सहमति विपरित राणाले आज आफनो लागि इजालस तोकेपछि अन्य ायान्याधीसहरुले आफनो लागि तोकेको बन्दी प्रत्यक्षीकरणको मुद्दा समेत हेर्ने नहेर्ने अन्यौलता छाएको छ । सर्वाेच्चका अन्य न्यायाधीसले प्रधानन्यायाधीस राणाले मुद्दा आफुलाई पनि तोकेपछि वन्दी प्रत्यक्षीकरणको मुद्दा पनि नहेर्ने मनस्थिती बनाएका छन् ।

प्रतिक्रिया