आगामी निर्वाचनमा कांग्रेस पहिलो दल बन्ने गगन थापाको दाबी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले आगामी निर्वाचनमा कांग्रेस पहिलो दल बन्ने ठोकुवा गरेका छन् ।
सोमबार सिन्धुलीको कमलामाईमा आयोजित कार्यक्रममा थापाले आगामी चुनावमा कांग्रेस एक्लै प्रतिष्पर्धामा उत्रने बताएका हुन् ।
उनले भने,‘पार्टीको १४औं महाधिवेशनको भोलिपल्टै हामी चारतारे झण्डा उचालेर स्थानीय तहको निर्वाचनमा जुट्नुपर्नेछ, कांग्रेसको स्वभाव नै एक्लै चुनाव लड्ने हो, कसैसँग मिलेर चुनाव लड्ने हाम्रो स्वभाव होईन ।’
विगतमा गठबन्धनको केही प्रयास भएपनि सफल नभएको स्मरण गराए ।
उनले भने,‘हामीले पाएको मत भनेको ३१ लाख हो । पहिलो दल बन्नको लागि ४२ लाख मत चाहिन्छ । हाम्रा मतदातालाई कांग्रेस भनेको उहाँहरुको लागि एउटा विचार हो ।’
उनले अदालतमा अहिले ठूलो दंगा/फसाद परिरहेको टिप्पणी गरे ।
उनले भने,‘कांग्रेस अदालतको विषयमा सही ठाउँमा उभिन सकेन र न्यायिक नेतृत्वमा आएको विचालनको विरुद्धमा कांग्रेस छ भन्ने बताएन भने ३० लाख मतदाताले कांग्रेस छोड्छ ।’
विगतमा चितवनमा आफ्ना मतादातो अर्को पार्टीलाई मत हाल्दा काठमाडौंमा कांग्रेसको मत घटेको उनको आरोप छ । फेरि त्यस्तो अवस्था आउन दिन नहुने उनको भनाई छ ।
उनले भने,‘ चितवनमा आफ्ना मतदाताको मत अर्को पार्टीलाई हाल्दा काठमाडौंमा काग्रेसको मत मतदाता घटे । त्यसैले न्यायालयको विषयमा कांग्रेसले सत्यको पक्षमा बोल्नुपर्छ ।’

















सुरक्षा खतराको कारण घर छाडेका अष्ट्रेलियाका प्रधानमन्त्री निवासमा फिर्ता
आज विभिन्न जिल्लामा असिना पानी, सबैभन्दा बढी वर्षा सङ्खुवासभामा
विगतमा एमाले हार्दा दाङ विकासको प्रतिस्पर्धामा पछाडि पर्याे – शङ्कर पोखरेल
मौद्रिक नीति अर्धवार्षिक समीक्षाः क्षेत्रगत कर्जा विस्तार र पूर्वाधार लगानीमा सहजीकरण
निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिन सिफारिस
Nepal’s Cooperatives at Risk: Legal Concerns over RSP’s Policy
लिचीबारी घुस प्रकरणमा रन्जिता श्रेष्ठलाई धरौटीमा छाड्न आदेश
निर्वाचन आयाेगले भन्याे– निर्वाचन चिह्नको भौतिक स्वरूप प्रयोग नगर्नु/नगराउनू
सशस्त्र प्रहरीका २३ बरिष्ठ उपरीक्षकहरु निर्वाचन अनुगमनमा
प्रतिक्रिया