सिइओ रेग्मीद्वारा कर्मचारी कुटपिट, हल्ला मात्रै भएको पर्यटन बोर्डको दाबी

काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) धनन्जय रेग्मीले त्रिभुवन भन्सार कार्यालयका कर्मचारीलाई कुट्पिट गरेको खबरमा कुनै सत्यता नभएको बोर्ड्ले जनाएको छ । बोर्डले सोमबार बिज्ञप्ति जारी गर्दै सामान्य भनाभनलाई सन्चार माध्यमले कुटपिटसंग जोडेर झुटो खबर फैलाएको जनाएको हो ।
नेपाल पर्यटन बोर्ड
प्रेस विज्ञप्ति
बेलायतमा सन् २०२१ नोभेम्बर १ देखि आयोजित अन्तर्राष्ट्रिय ट्राभल मार्टमा सहभागीभई नेपाल फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा मिति २०७८ कार्तिक २० गते विहान नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुखडा. धनन्जय रेग्मीर विमानस्थल भन्सार कर्मचारीका बीच भएको सामान्य कुरालाई लिएर केही सञ्चार माध्यममा आएको समाचार प्रति नेपाल पर्यटन बोर्डको गम्भीर ध्यानाकर्षण भएको छ । बोर्डका कार्यकारी प्रमुख डा.रेग्मी आगमन कक्षमा रहेको भन्सार चेकजाँच गर्ने ठाउँमा आएको समयमा भन्सार जाँचपासमा खटिएका कर्मचारीहरुको व्यवहार र ढिलासुस्तिको विषय उठाउँदा त्यसलाई अतिरञ्जित गरी डा. रेग्मी र बोर्डको समेत मर्यादामा आँचआउने ढंगले प्रचार गरिनु दुःखद् विषय हो ।
उक्तदिन भन्सार चेकजाँचमा खटिएका विमानस्थल भन्सारका कर्मचारीसँग त्यहाँको अव्यवस्थालाई सुधार गरी चेकजाँच छिटो गर्न आग्रहगर्दा सामान्य कुराकानीकै क्रममा सामान्य भनाभ नभएको र सोहीक्रममा बोर्डका कार्यकारी प्रमुखलाई भन्सार कर्मचारीले अमर्यादित भाषा प्रयोग गरेपछि बोर्डका कार्यकारी प्रमुखडा. रेग्मीसँगको सामान्य भनाभनको विषयलाई लिएर कर्मचारीमाथी कुटपीट नै गरेको भन्ने कुरामा कुनै सत्यता नरहेको स्पष्ट पार्न चाहन्छौं । त्यसैगरी कार्यकारी प्रमुखले मदिरा सेवन गरेको भन्ने विषय गलत र भ्रामक रहेको समेत जानकारी गराउन चाहन्छौं । कुनै पनिविषयमा समाचार सम्प्रेषण गर्नु अघि दुवै पक्षको दृष्टिकोण समावेश गर्नुपर्ने सामान्य मान्यतालाई समेत वेवास्ता गर्दै एकपक्षीय रुपमा बोर्डका कार्यकारी प्रमुख र बोर्डको छविमा समेत आँचआउने गरी प्रकाशित समाचार प्रतिनेपाल पर्यटन बोर्ड घोर भत्सर्ना गर्दछ ।
नन्दिनी लाहे थापा
प्रवक्ता

















टी–२० विश्वकप सेमिफाइनल : दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई दियो १७० रनको लक्ष्य
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
गृहमन्त्री अर्यालद्वारा मतदानस्थल र प्रहरी मुख्यालयकाे निर्वाचन व्यवस्थापन केन्द्र निरीक्षण
६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
फाल्गुन १८ गते सोमबार, कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
अमेरिकासँगको वार्ता इरानद्वारा अस्वीकार
प्रतिक्रिया