मंगलबार, मंसिर २३, २०८२

सुदूरपश्चिम प्रदेश कमिटीको बैठकप्रति रावलको आपत्ति

मेरोन्यूज २०७८ कार्तिक २३ गते १०:०१

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सुदूरपश्चिम प्रदेश कमिटीको बैठकप्रति आपत्ति जनाएका छन् । एमाले सुदूरपश्चिम प्रदेश कमिटीले पार्टी कार्यालयमा मंगलबार ११ बजे बैठक बोलाएको छ । उक्त बैठकप्रति रावलले सामाजिक सञ्जालबाट आपत्ति जनाएका हुन् । उनले बैठक १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अपानि १२ को विपरीत रहेको बताएका छन् ।

उनले लेखेका छन्, “आज हुने भनिएको कथित सु.प. प्रदेश कमिटीको बैठक १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अपानि १२ को विपरीत छ । यो गुटबन्दीको नमूना हो । यो बैठक र यसका निर्णयहरू अवैध र अमान्य छन् । अपानि १२ झापामा लागु हुने, सु.प.मा लागु नहुने किन ? यहाँको भूमि वाह्य अतिक्रमणमा परेकोले हो कि ?” रावलले बैठक र यसका निर्णयहरू अवैध र अमान्य हुने बताएका छन् ।

प्रतिक्रिया