एमाले नेता कार्यकर्ता सिक्न थाले विद्युतीय मतदान

काठमाडौँ । नेकपा एमालेले आशन्न १० औँ राष्ट्रिय महाधिवेशनमा विद्युतीय मेसिनबाट मतदानका लागि पार्टीका नेता–कार्यकर्तालाई नमूना मतदान अभ्यास गराउन थालेको छ । एमालेको केन्द्रीय कार्यालय थापाथलीमा पार्टीका नेता तथा कार्यकर्तालाई विद्युतीय मेसिनबाट मतदान गर्न सिकाउन आजदेखि नमूना मतदानको व्यवस्था गरिएको हो ।
राम–लक्ष्मण भोटिङ मेसिनबाट एमालेले आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनमा विद्युतीय मतदानको प्रयोग गर्ने निर्णय गरिसकेकोे छ । ‘आजदेखि हामीले पार्टी मुख्यालयमा विद्युतीय मेसिनबाट कसरी मतदान गर्ने भनेर नमूना मतदान गरिरहेका छौं,’ राम–लक्ष्मण इनोभेसेनका निर्देशक लक्ष्मण रिमालले भने, ‘पार्टीका नेताले पार्टी कार्यालयमा आएर विद्युतीय मतदान गरिरहनु भएको छ ।’
उनका अनुसार आजदेखि महाधिवेशनमा मतदान हुनुभन्दा अगाडिसम्म महाधिवेशनका प्रतिनिधिलाई विद्युतीय मेसिनमा मतदान गर्न सिकाइने छ । अहिले पार्टी कार्यालयमा दुई वटा मेसिनबाट नमूना मतदान गरिरहेको महाधिवेशन स्थलमा भने तीन वटा मेसिनबाट नमूना मतदान गराइने उनले जानकारी दिए ।
एमालेको नवौँ राष्ट्रिय महाविधेशनमा विद्युतीय मेसिन प्रयोग गरेर मतदान गर्ने भने तापनि आन्तरिक विवादका कारण अन्तिम समयमा आएर प्रयोग गरिएको थिएन । यसपटक एमाले महाधिवेशन निर्वाचनका लागि विद्युतीय मेसिन प्रयोग गर्ने भनेर राम–लक्ष्मण इनोभेसेनसँग सम्झौता समेत गरिसकेको छ ।
निर्देशक रिमालले सबै प्रतिनिधिलाई एकपटक विद्युतीय मेसिनमा नमूना मतदान गराइने बताए । ‘महाधिवेशनमा सहभागी सबै प्रतिनिधिलाई एकपटक विद्युतीय मेसिनमा नमूना मतदान गरेर मात्र हामीले मतदान गराउने छौँ,’ उनले भने, ‘महाधिवेशन स्थलमा पनि हामीले मेसिनमा नमूना मतदान गराउने छौँ ।’
विद्युतीय मतदानका लागि राम–लक्ष्मण इनोभेसेनले सय वटा विद्युतीय मेसिन राख्ने तयारी गरेको छ । एक मेसिनमा दुई जनाले मतदान गर्ने व्यवस्था मिलाइने छ । एमालेको महाधिवेशनमा २२५ केन्द्रीय सदस्य, अनुशासन र लेखा आयोगमा १५–१५ जना गरी कूल २५५ पदका लागि निर्वाचन हुने छ ।
निर्देशक रिमालले एक जना प्रतिनिधिलाई आधा घण्टामा मतदान सक्ने गरी व्यवस्था गरिएको बताए । ‘जम्मा ४८ थरिका पदका लागि करिब पाँच सय जना उम्मेदवार हुने हाम्रो अनुमान छ,’ उनले भने, ‘सोहीअनुसार ती पदमा मतदान गर्न एक जनाप्रनिनिधिलाई आधा घण्टा लाग्ने आँकलन छ ।’
निर्वाचनमा समावेशीसहित ४८ स्थानका लागि ४८ वटा मतपत्रका स्क्रिन ती मेसिनमा रहने छन् । उनले निर्वाचन सकेको तीनदेखि चार घण्टाभित्र नतिजा सार्वजनिक गर्ने जानकारी दिए । एमालेको महाधिवेशनमा एक हजार ९९९ जना नबढ्ने गरी प्रतिनिधि चयन गरिने छ । एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख सूर्य थापाले पार्टीको महाधिवेशनलाई प्रविधि मैत्री बनाउनु पर्छ भन्ने हिसाबले उक्त मेसिन प्रयोग गर्न लागिएको जानकारी दिए ।

















साम्बाले भनिन् – उपचारखर्च जुटिसक्यो, सहयोग रोक्नुस्
सेयर बजारमा २१ अङ्कको सुधार, कारोबार रकम चार अर्ब नाघ्यो
मन्त्रिपरिषद्को बैठक जारी
निर्वाचनका लागि सुरक्षा चुनौती नदेखिएको उच्चस्तरीय सुरक्षा समितिको निष्कर्ष
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
अहिलेको चुनावले कुनै निकास नआउने भन्दै निर्वाचन पछि सार्न राजेन्द्र लिङदेनको प्रस्ताव
सुनसरीमा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप
हार्ने भएपछि रास्वपा चुनाव भाँड्न थाल्यो : एमाले
आगामी निर्वाचनमार्फत देश र लोकतन्त्रले जित्नुपर्छ : पूर्वप्रमुख निर्वाचन आयुक्त
प्रतिक्रिया