नोबेल पुरस्कार विजेता मलाला गरिन् विवाह

काठमाडौँ । नोबेल शान्ति पुरस्कार विजेता मलाला यूसुफजईले विवाह गरेकी छन् । २४ वर्षीया मलालाले मंगलबार बेलायतमा असर मलिकसँग विवाह गरेकी हुन् । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्नो विवाहको जानकारी दिएकी छन् ।
उनले परिवारको साथ एउटा सानो समारोहबीच विवाह सम्पन्न गरिएको जनाइन् । मलालाले यसअघि विवाहलाई लिएर सन्देह बताएकी थिइन् । जसले गर्दा सामाजिक सञ्जालमा उनको आलोचना पनि भएको थियो । किशोरीहरूको शिक्षाको अधिकारका लागि आवाज उठाउँदै आएकी पाकिस्तानकी चर्चित महिला अधिकारकर्मी मलालालाई तालिबान चरमपन्थीहरुले सन् २०१२ मा टाउकोमा गोली प्रहार गरेका थिए ।
त्यसपछि उनलाई उपचारका लागि बर्मिघम सहर लगिएको थियो । त्यतिबेला उनी १५ वर्षकी थिइन् । सन् २०१४ मा १७ वर्षको उमेरमा उनलाई नोबेल शान्ति पुरस्कारबाट सम्मानित गरिएको थियो । उनी नोबेल शान्ति पुरस्कार जित्ने सबैभन्दा कम उमेरकी विजेता हुन् । उनले सन् २०२० मा अक्सफोर्ड विश्वविद्यालयबाट दर्शनशास्त्र, राजनीति र अर्थशास्त्रमा डिग्री हासिल गरेकी हुन् ।
















कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया