महिला श्रमिकलाई अल्पकालीन रोजगार

काठमाडौँ । नेपाल पर्यटन बोर्डले पर्यटन क्षेत्रमा कार्यरत महिला श्रमिकलाई अल्पकालीन रोजगार प्रदान गर्ने भएको छ । कोभिड–१९ को महामारीका कारण अति जोखिममा परेका पर्यटनसँग सम्बन्धित औपचारिक एवं अनौपचारिक क्षेत्रमा कार्यरत महिला श्रमिकका लागि अल्पकालीन श्रममूलक रोजगारको अवसर सिर्जना गर्न लागिएको हो । यसबाट उनीहरुको जीविकोपार्जनमा राहत तथा पर्यटन क्षेत्रलाई पुनःउत्थान गर्नका लागि सहयोग पुग्ने जनाइएको छ ।
बोर्डले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहकार्यमा गर्न लागेको उक्त कार्यक्रमअन्तर्गत पर्यटन महिला श्रमिकले उपत्यकाभित्रको पर्यटकीय क्षेत्रको सरसफाइ, पैदलमार्गमा रहेका पुल तथा पुलेसाको मर्मत सम्भार, पैदलमार्गका सिँढी मर्मतसम्भारलगायतका काम गर्नुपर्नेछ । अल्पकालीन रोजगार कार्यक्रममा भाग लिन चाहने महिला पर्यटन व्यवसायी एवं श्रमिकले निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, पर्यटन मजदुर खुल्ने परिचयपत्रको प्रतिलिपी र बैंक खाता नम्बर बोर्डको कार्यालयमा अनिवार्य बुझाउनुपर्नेछ ।
अगामी मङ्सिर १ देखि २९ गतेसम्म प्रदान गरिने रोजगार कार्यक्रमका लागि यही कात्तिक ३० गतेसम्म दरखास्त बुझाउने समय तोकिएको छ । १०० जनालाई प्रदान गरिने रोजगार कार्यक्रमबाट श्रमिकले प्रत्येक दिन रु एक हजार रकम पाउने बोर्डले जनाएको छ ।
















आयोगद्वारा यादव विरुद्ध सर्वोच्चमा पुनरावेदन
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध उजुरी दिन १० दिनको समय
खाद्य गुणस्तर सुधार्न र पारदर्शिता बढाउन कृषि मन्त्रीको निर्देशन
नेपालको प्राथमिकताको क्षेत्रमा सहयोग गर्न इयूको चासो
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया