पाल्पालाई ढाका कपडा राजधानी बनाइने

पाल्पा । ढाका कपडाको राजधानीका रूपमा जिल्लालाई विकास गर्न सरोकारवाला निकायसँग छलफल थालिएको छ । पाल्पाली ढाका संघले ढाकाको राजधानीका रूपमा विकास गर्न लुम्बिनी प्रदेशका मन्त्री, प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख तथा प्रतिनिधिसँग छलफल जुटेको हो । तानद्वारा उत्पादित ढाका कपडा ब्रान्डिङ गरी पछिल्लो समय बजार पठाउन थालिएको हो ।
कार्यक्रममा ढाका कपडाको गुणस्तर कायम गर्न मापदण्डअनुसार उत्पादन गर्नुपर्ने सरोकारवाला निकायको धारणा थियो । प्रदेशका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वीरबहादुर रानाले लुम्बिनी प्रदेशको पहिचानकै रूपमा ढाका कपडालाई विकास गरी स्वरोजगार तथा रोजगारका अवसर सिर्जना गर्न सकिने बताए ।
उनले भने “ढाका कपडा मागअनुसार आपूर्ति हुन सकिरहेको छैन, यसतर्फ सङ्घको ध्यान जानुपर्छ ।” प्रदेशका कानुन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रमा घर्तीले महिलाको सीप विकास गरी उद्यमशीलता विकासमा प्रदेश सरकारले सहयोग गर्ने जानकारी दिए । महिला आर्थिक, सामाजिकरूपमा सक्षम भएमा सुखी परिवार निर्माण हुने भएकाले महिलाहरूलाई उद्यमशील बनाउन आवश्यक रहेको उनले बताए ।
श्रम रोजगार तथा यातायात व्यवस्थामन्त्री पूमर्ती ढेगाले पाल्पाली ढाकाको विकासका लागि आफूले पहल गर्ने जानकारी दिँदै यसले जिल्लामा रोजगारीसमेत सिर्जना गरेकाले यस्ता उद्योग अझ फस्टाउन आवश्यक छ भने ।
संघका अध्यक्ष पूर्णमाया महर्जनले पाल्पामा विस २०१५ देखि ढाका कपडाका रूपमा पहिचान बोकेको र महिला तथा विपन्न वर्गका नागरिकलाई रोजगारीसमेत दिन सफल भएको बताए । सचिव मनोज पौड्यालले हस्तकलाद्वारा उत्पादित ढाका कपडा उत्पादनमा वृद्धि भएको जानकारी दिए ।









प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेवलाई फर्काउन सर्वोच्चको आदेश
पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्ने सरकारको निर्णय
सुडानको पूर्वप्राथमिक विद्यालय र अस्पतालमा भएका आक्रमणमा ६३ बालबालिकासहित ११४ जनाको मृत्यु
सबै क्षेत्रको विकासका लागि भरपर्दो उत्तर-दक्षिण राजमार्ग आवश्यक छः अर्थमन्त्री खनाल
उपत्यकाबाट एमालेको केन्द्रीय सदस्यमा हिमेश केसीको दावी
एमाले महाधिवेशन : सचिव पदमा युवा नेताको लर्को
एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो
एनपिएल : आज दुई खेल हुँदै
सुदूरपश्चिमको विजयी यात्रा रोकियो, विराटनगरको शानदार जित
प्रतिक्रिया