माओवादीको निर्वाचन केन्द्रित तयारी (परिपत्रसहित)

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले निर्वाचन केन्द्रित तयारी थालेको छ । पार्टीको राष्ट्रिय सम्मेलन तथा निर्वाचनलाई केन्द्रित गरी भएका निर्णयहरु मातहतका कमिटीहरुलाई पठाइएको छ ।
माओवादी अध्यक्ष प्रचण्डको उक्त परिपत्रअनुसार सुदूरपश्चिम प्रदेशको विवाद अझै नटुंगिएको स्पष्ट छ ।
सुदूरपश्चिम प्रदेशको किचलो मिलाउन तत्कालै बैठक गरेर छलफल चलाउने माओवादी केन्द्रको कात्तिक २३ गतेको स्थायी कमिटी बैठकले निर्णय गरेको उक्त परिपत्रमा उल्लेख छ ।
स्थायी समितिको उक्त बैठकले सुदूरपश्चिम प्रदेशका केन्द्रीय समिति सदस्यहरुसँग तत्काल बैठकको आयोजना गरी छलफल गर्ने निर्णय भएको भनी पार्टी प्रदेश समितिलाई पठाइएको परिपत्रमा छ ।
परिपत्रअनुसार पार्टीको बाग्मति प्रदेशका अध्यक्ष नारायण दाहाललाई सह–इन्चार्ज र अध्यक्ष दुवै हुने ब्यवस्था गरिएको छ ।
वडा सम्मेलन गर्दा वडा आयोजक समितिले वडाको इतिहास, वडा संगठनको अवस्था, वडामा राजनीतिक सैद्धान्तिक विकास गर्ने तथा सबै सदस्यहरुलाई श्रम, रोजगार र उत्पादनमा सहभागी हुने योजना एवम् सामाजिक र सांस्कृतिक रुपान्तरणको अभियानात्मक योजनासहितको राजनैतिक, सांगठनिक एवम् कार्यक्रमिक योजनासहितको प्रतिवेदन प्रस्तुत गर्न निर्देश गर्ने निर्णय पनि स्थायी समितिले गरेको छ ।
पाँच दलीय समन्वय समितिमा पार्टीको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र स्थायी समिति सदस्य नारायणकाजी श्रेष्ठलाई पठाउने निर्णय गरिएको सर्कुलरमा उल्लेख छ ।
माओवादीले पार्टीको आगामी राष्ट्रिय सम्मेलनका लागि प्रदेशहरुबाट ६ सय प्रतिनिधिबाट बढाएर ८ सय कायम गरेको छ ।
स्थायी समितिले सबै सम्मेलन तथा अधिवेशनहरुमा पार्टीको मूल कार्यदिशा पार्टी केन्द्रीय समितिको २०७८ साउन ३० र ३१ गते सम्पन्न राजनीतिक प्रतिवेदनलाई आधार मानेर छलफल चलाउन भनी मातहतका कमिटीहरुलाई परिपत्र गरेको छ ।
हेर्नुहोस्, यस्तो छ परिपत्रः

















बीपी राजमार्ग आज बिहानदेखि अवरुद्ध
कांग्रेस नेता पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय सदस्यहरूको बैठक
हावाहुरीबाट मधेस प्रदेश प्रभावित : सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु
अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी, फिर्ता गर्न थाले तलबभत्ता
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
रास्वपाकाे मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी, सचेतकमा प्रकाशचन्द्र र क्रान्तिशिखा
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
प्रतिक्रिया