यो साता तपाईको राशीफल
काठमाडाैँ । आज २०७८ साल कार्तिक महिनाको २७ गते शनिबार । राशीअनुसार यो साता कस्तो रहने छ ?
मेष
यस राशीका व्यक्तिहरुलाई यो साता सकारात्मक रहने छ । बोलीको प्रभाव बढ्ने छ । आर्थिक लाभ प्राप्त हुने छ । विदेश यात्रा जुर्ने छ भने विदेशमा रहेकाहरु आफन्तसँग भेटघाट हुने छ । पेशागत जीवनमा सकारात्मक नतिजाहरु प्राप्त हुने छन् । स्वास्थ्य अवस्थामा भने केही असहजताहरु आउने छन् । खर्चको अवस्था उच्च रहने छ । परिवारमा शान्तिपूर्ण माहोल बन्ने छ ।
वृष
यस राशीका व्यक्तिहरुलाई यो साता सकारात्मक रहने छ । उन्नति प्रगतिका द्वारहरु खुल्ने छन् । बिगतमा गरिएका नकारात्मक कामहरुबाट हुने जोखिम विद्यमान रहेता पनि त्यसलाई व्यवस्थापन गर्ने आँट आउने छ । पेशागत जीवनमा भने स–साना विषयका कारण उल्झनहरु भए तापनि समग्रतामा पेशागत जीवन सकारात्मकतातर्फ जाने छ । परिवारमा रमाइलो वातावरण रहने छ ।
मिथुन
यस राशीका व्यक्तिहरुलाई यो साता औसत प्रकृतिको रहने छ । आम्दानीमा हल्का वृद्धि हुने भए पनि खर्चको अवस्था पनि चुलिँदा आर्थिक व्यवस्थापनमा दबाब आउने छ । पेशागत जीवनमा आफूले निभाएको कामको कदर हुने छ । पैतृक सम्पत्तिका विषयमा परिवारमा बुझाइएको एक रुपता हुने छैने । बोलीको प्रभाव बढ्ने छ । साथी भाइको साथ मिल्ने छ ।
कर्कट
यस राशीका व्यक्तिहरुलाई यो साता औसत खालको रहने छ । मनोबल उच्च रहने छ । तर, रिस धेरै हुँने हुँदा यसले झैझगडाको अवस्था निम्त्याउने छ । पेशागत जीवनमा पनि बादविवादको अवस्था आउने छ । यात्रामा भने रमाइलो हुने छ । जीवनसाथीको साथले परिस्थिति व्यस्थित गर्न मद्दत पुग्ने छ । परिवारमा भने किचलो चुलिने छ जसले गर्दा समाजमा इज्यतको कमि हुने छ ।
सिंह
यस राशीका व्यक्तिहरुलाई यो साता प्रतिकूल प्रकृतिको छ । पेशागत जीवनमा उतार चढावको सामना गर्नु पर्ने छ । आम्दानीमा गिरावट हुने र खर्च बढ्न जाने छ । मनोबल भने कायम रहँदा यसले परिस्थितिलाई धान्न ठूलो मद्दत गर्ने छ । सवारीसाधनसँग सम्बन्धि विषयमा सतर्क रहनु होला । निर्णय क्षमतामा कमी आउने हुँदा फाइदाभन्दा घाटाको अवस्था आउने छ । आफन्तसँग जुध्नु पर्ने छ ।
कन्या
यस राशीका व्यक्तिहरुलाई यो साता मध्यम खालको रहने छ । दृढताले भरिएको व्यक्तित्व हुने छ । प्रकृतिप्रति मोह बढ्ने छ । आँटेका कुराहरु पूरा हुनेतर्फ राम्रा संकेतहरु जाने छन् । पारिवारिक जीवनमा एक अर्काप्रति सहयोग गर्ने वातावरण बन्ने छ । पेशागत जीवनमा निरन्तरता रहने छ । आर्थिक जीवन सन्तुलित नै रहने छ ।
तुला
यस राशीका व्यक्तिहरुलाई यो साता चुनौतिसँग जुध्नु पर्ने देखिन्छ । खासगरी आफैले यसअघि विश्वास गरेका विश्वास पात्रहरुबाट धोका हुने र अविश्वास पैदा हुन जाने छ । पैतृक सम्पत्तिमा नोक्सानी देखिने छ । पेशागत जीवनमा आरोप प्रत्यारोपको सामना गर्नु पर्ने भएकाले मनोबल गिर्न पुग्ने छ । आम्दानीमा भारी गिरावट आउने छ । उदासिताले च्याप्ने हुँदा संयमित रहने हरदम प्रयास गर्नु होला ।
वृश्चिक
यस राशीका व्यक्तिहरुलाई यो साता अनुकूल प्रकृतिको हुने छ । आम्दानीमा वृद्धि हुने तथा अपेक्षाभन्दा बढी आर्थिक लाभ प्राप्त हुने छ । नोक्सानी होला होला जस्तो भएको धन सम्पत्ति नोक्सानी हुनबाट जोगिने छ । प्रभावकारी बोली हुने हुँदा ठूलाबडाले विश्वास गर्ने छन् । यात्रारत हुन मन लाग्ने छ । पानीदेखि भने सतर्क रहनु होला ।
धनु
यस राशीका व्यक्तिहरुलाई यो साता औसत खालको रहने छ । प्रेममा सफलता मिल्ने छ । प्रशासनिक नियकासँ सम्बन्धित विषयमा सफलता प्राप्त हुने छ । आँटिलोपनामा अत्याधिक बृद्धि हुने छ । तर अनावश्यक भूमिकामा सँलग्न हुन पनि मन लाग्ने भएकाले यसबारेमा भने सतर्क रहनु होला । बिगतका विषयले पश्चाताप लागि रहने छ । पेशागत जीवन मध्यम अवस्थाबाट अघि बढ्ने छ । सन्तान सुख प्राप्त हुने छैन् ।
मकर
यस राशिका व्यक्तिहरुलाई यो साता हल्का सकारात्मक खालको रहने छ । सामाजिक जीवनमा भुमिका बढ्नुका साथै कदर पनि हुने छ । आम्दानीमा बृद्धि हुने र खर्च कटौति हुने छ । साथि भाइको मेजमानी खान पाइने छ । पेशागत जीवनमा उन्नति प्रगतिको अवस्था छ । परिवारमा समन्वय र प्रेम बढ्ने छ । बौद्धिक खालको व्यक्तित्व हुने हुँदा अरुले कदर गर्ने छन् ।
कुम्भ
यस राशिका व्यक्तिहरुलाई यो साता औसत तवरको हुने छ । आम्दानी सन्तोषजनक हुने छ । पेशागत जीवनमा स्थिरता कायम हुने छ । नयाँ नयाँ शिप सिक्ने अवसर जुट्ने छ । आफूले आफूलाई प्रमाणित गर्ने मौका मिल्ने र त्यसमा सफलता प्राप्त हुँदा मनोबलमा उच्च बृद्धि हुने छ । कसैले हेप्ने छैनन् । स्वास्थ्य अवस्थामा भने ध्यान दिनु होला । धार्मिक आध्यात्मिक स्वाभाव हुने छ । परिवारमा भने तिक्तता बढ्ने छ, जसले गर्दा मनमा भारीपना आउने छ ।
मीन
यस राशिका व्यक्तिहरुलाई यो साता जोखिपूर्ण देखिन्छ । आम्दानीमा गिरावट आउँदा आर्थिक सन्तुलन खल्बलिने छ । पेशागत जीवनमा आशा गरे जस्तो सुधार आउने छैन् । आरोप प्रत्यारोपको अवस्थाहरु रहने भएकाले व्यवहारहरु सन्तुलित बनाउने प्रयास गर्नु होला । अध्ययन र अध्यापनमा रुचि बढ्ने छ । प्रतिष्पर्धात्मक क्षमतामा कमि आउँदा यसअघि कदर गर्नेहरुले पनि हेप्ने छन् । प्रेममा असफलता हात लाग्ने छ ।
(गुरु ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् सम्पर्क– ९८१३६३७२३८)
















बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
काठमाडौँका भूमिहीन र अव्यवस्थित बसोबासीको डिजिटल लगत सङ्कलन गर्दै सरकार
आयोगद्वारा यादव विरुद्ध सर्वोच्चमा पुनरावेदन
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध उजुरी दिन १० दिनको समय
खाद्य गुणस्तर सुधार्न र पारदर्शिता बढाउन कृषि मन्त्रीको निर्देशन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया