मंगलबार, मंसिर २३, २०८२

मुस्ताङको थासाङ गाउँपालिकामा भीषण हिमपहिरो

मेरोन्यूज २०७८ कार्तिक २८ गते १४:५३

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङको थासाङ गाउँपालिका -२ नाउरीकोटमा भीषण हिमपहिरो गएको छ । मानापाथी हिमालको फेदीबाट भीषण हिमपहिरो गएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

हिमपहिरोबाट बच्न भागदौड गर्ने क्रममा १ शिक्षक र ६ जना विद्यार्थी घाइते भएको पारम्भिक रिपोर्ट आएको प्रहरीले जनाएको छ । घटना बिहान साढे १० बजेदेखि ११ बजेतिर भएको थियो ।

बस्तीमाथिको हिमालबाट हिमपहिरो झरेको ठूलो आवाज आएपछि फेदीमा पर्ने कोवाङ गाउँस्थित जनआदर्श माध्यामिक विद्यालयका शिक्षक र विद्यार्थीहरू भागदौड गरेका थिए ।

भागदौडमा घाइते भएकाहरूको जोमसोम अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मुस्ताङका प्रहरी प्रमुख रामकुमार दानीका अनुसार पहिरोले बस्तीमा कुनै क्षति पुर्‍याएको छैन ।

हिमपहिरोपछि मानापाथी र टुक्चेपीक हिमालबाट झर्ने बोक्सी खोलामा पानीको बहाव बढेको छ ।

प्रतिक्रिया