भूपेन्द्र बडुवालको हत्यामा संलग्न थप एक जना पक्राउ

कैलाली । कैलालीको टीकापुरमा गत मंगलबार राति धारिलो हतियार प्रहार गरेर युवकको हत्या गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । धारिलो हतियार प्रहार गरेर लम्कीचुहा नगरपालिका १ का भूपेन्द्र बडुवालको हत्या प्रकरणमा संलग्न भएको आरोपमा लम्कीचुहा ५ का २४ वर्षीय विकास खड्कालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले खड्कालाई लम्की क्षेत्रबाटै पक्राउ गरिएको जानकारी दिए । उनका अनुसार उक्त घटनामा मुख्य योजनाकार भनिएका चिसापानीका नवीन रावलसहितका अन्य ७ जना अझै फरार रहेको बताउँदै एसपी अधिकारीले उनीहरूको खोजी कार्य जारी राखिएको बताए ।
गत २३ कात्तिकमा टीकापुर नगरपालिका १ स्थित सिद्धार्थ होटल नजिकै बडुवालको धारिलो हतियार प्रहार गरेर हत्या गरिएको थियो । प्रहरीले उनको हत्यामा संलग्न भएको आरोपमा यसअघि ८ जनालाई पक्राउ गरिसकेको छ ।
















कांग्रेस नेता पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय सदस्यहरूको बैठक
हावाहुरीबाट मधेस प्रदेश प्रभावित : सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु
अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी, फिर्ता गर्न थाले तलबभत्ता
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
रास्वपाकाे मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी, सचेतकमा प्रकाशचन्द्र र क्रान्तिशिखा
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
प्रतिक्रिया