आजको राशिफल : कार्तिक २९ गते सोमबार

आज २०७८ साल कार्तिक महिनाको २९ गते सोमबार, कार्तिक शुक्लपक्षको एकादशी तिथि । हरिबोधिनी एकादशी रहेको छ, आज तुलसीविवाह गर्ने प्रचलन रहेको छ ।
मेष
यात्रामा जाने र त्यसबाट लाभ पनि मिल्ने छ । पेशागत जीवन औसत खालको रहने छ । बोलीको प्रभाव कायम रहने छ । आरोप प्रत्यारोपको सामना गर्नु पर्ने छ । पारीवारिक तनावले सामाजिक जीवनलाई समेत असर पार्ने छ । आर्थिक रुपमा भने समय अनुकुल नै रहने छ ।
वृष
जोखिमले भरिएका कामहरुमा सँलग्न हुन मन लाग्ने छ । उर्जाशिल व्यक्तित्व हुने छ । पेशागत जीवनमा सुधार आउने छ । आम्दानीमा पनि केही बृद्धि हुन पुग्ने छ । पारीवारिक मिलन हुने र रमाइलो हुने छ । घर घडेरी क्षेत्रबाट लाभ प्राप्त हुने छ ।
मिथुन
नयाँ काम शूरुवात गर्ने वातावरण बन्ने छ । पेशागत क्षेत्रबाट सन्तोष मिल्ने छ । जोखिमपूर्ण कदम चाल्नका लागि उक्साहट हुने समय सक्रिय रहेकाले संयमतापूर्वक निर्णयहरु लिनु राम्रो हुने छ । आम्दानीमा पनि केही बृद्धि नै देखिने छ । पैतृक धन सम्पत्तिका विषयमा किचलो हुने छ ।
कर्कट
छिमेकीहरुसँग द्वन्द बढ्न जाने छ । मनोबल उच्च रहने हुनाले कठिन समयमा पनि दृढतापूर्वक अघि बढ्न साहस आउने छ । पारीवारिक सम्बन्धमा तितोपना देखिने छ । राम्रो गर्न खोज्दा खोज्दै पनि अरुले भने आलोचनात्मक दृष्टिकोणबाट लिने छन् । पेशागत जीवनमा संघर्षरत रहनु पर्ने छ ।
सिंह
पेशागत जीवनमा अस्थिरता उत्पन्न हुने छ । निरन्तरतालाई जोड दिने र संयमित रहनु पर्ने समय रहेको छ । रोग ब्याधीको संक्रमणको जोखिम देखिन्छ । खानेकुराका विषयमा संयमित रहनु होला । आम्दानीमा कमि आउने र आर्थिक व्यस्थापनका लागि धौधौ पर्न जाने छ ।
कन्या
पेशागत जीवनमा सफलता प्राप्त हुने तथा आर्थिक रुपमा आम्दानीमा पनि बृद्धि हुने छ । कार्य सफलता प्राप्त हुने छ । आँटेका कामहरु पुरा हुने छन् । जनावरहरु प्रति लगाव बढ्ने छ । उद्योग कलकारखना संचालकहरुको हकमा भने मजदुर बिबाद चर्कने छ ।
तुला
खर्च धेरै हुने हुँदा खर्च धान्न कठिनाई हुने छ । भोग विलासका क्षेत्रमा मन जाने छ ।सवारीसाधन फेर्ने तथा नयाँ सवारीसाधन खरिद गर्ने समय सक्रिय रहेको छ । पेशागत जीवनमा कठिनाईको सामना गर्नु पर्ने छ । मादक पदार्थहरुको नशाबाट बच्ने प्रयास गर्नु नै बुद्धिमानी हुने छ ।
वृश्चिक
पेशागत जीवन औसत खालको रहने छ । बोलीमा प्रभावकारीता रहने हुँदा अरुको भरोसा जित्न सकिने छ । ग्ल्यामरस क्षेत्रमा मन जाने छ । आम्दानीमा सिधा बृद्धि नभए पनि सामाजिक प्रतिष्ठा प्राप्त हुने छ । चर्चाहरु चल्ने छन् । परिवारमा मिलन हुने र समन्वय हुने छ ।
धनु
तर्क गर्न सक्ने हुँदा बादबिबादमा सफलता प्राप्त हुने छ । परिवारमा भने अशान्ति देखिने छ । सृजना कर्ममा सफलता प्राप्त हुने छ । कल्पनाशिलतामा चलायमानता आउने छ । जोखिम लिन सक्ने व्यक्तित्व हुने हुँदा आँटिलो भाव आउने छ । पेशागत जीवन अनुकुल रहने छ ।
मकर
धार्मिक कार्यहरुमा सहभागि हुन मन लाग्ने छ । आम्दानीमा बृद्धि हुने हुँदा आर्थिक रुपमा सहजता आउने छ । प्रेममा सफलता प्राप्त हुने छ । उपहार प्राप्त हुने समय सक्रिय रहेको छ । पेशागत जीवनमा भने सामान्य समय रहने छ । परिवारमा खुशीयाली रहने छ ।
कुम्भ
धार्मिक क्षेत्रमा प्रभाव बढ्ने छ । ठुला बडाको विश्वास प्राप्त हुने छ । आम्दानीमा बृद्धि हुने छ भने मनमा दृढताको विकास हुने छ । नयाँ काममा विश्वास पैदा हुने छ । पेशागत जीवन शुभ रहने छ । नाता कुटुम्ब तथा आफन्तहरुसँग भने कटुता बढ्ने छ । कर्मशिलतामा बढोत्तरी हुने छ ।
मीन
पेशागत जीवनमा आरोप प्रत्यारोपको अवस्था आउने छ । बौद्धिक क्षेत्रमा सक्रियहरुलाई भने अनुकुल रहने छ । विदेश यात्रामा भने सफलता मिल्ने छ । दाम्पत्य जीवनमा कटुता देखिने छ । समय चुनौतिपूर्ण नै देखिन्छ । खासगरी आर्थिक असन्तुलनका कारण परिवारमा तनाव उत्पन्न हुने छ ।











सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी
जेलेन्स्कीले दिए रुसलाइ कडा चेतावनी
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन माग
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
रवि लामिछाने र बालेन रातभर ६ घण्टा वार्ता : एउटै गाडीमा बाहिरीए
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
प्रतिक्रिया