खोप नलगाएका व्यक्तिहरूका लागि अस्ट्रियामा लकडाउन

काठमाडौँ । अस्ट्रियामा कोरोना भाइरसको खोप नलगाएका व्यक्तिहरूका लागि लकडाउनको घोषणा गरिएको छ । अस्ट्रिया सरकारले गएरातिदेखि खोप नलगाएका व्यक्तिहरूका लागि लकडाउनको घोषणा गरेको हो ।
कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि राष्ट्रव्यापी लकडाउन गरिएको अस्ट्रिया सरकाले जनाएको छ । कोरोना भाइरस कोभिड १९ का विरामीले अस्पतालमा चाप बढ्न थालेपछि सोमबारदेखि यस्तो व्यवस्था गरिएको हो । लकडाउन सुरुमा १० दिनसम्म जारी रहने बताइएको छ । लकडाउनमा १२ वर्षभन्दा माथिका खोप नलगाएका व्यक्तिले काम गर्ने, किनमेल गर्ने वा खोप लगाउन जाने जस्ता आधारभूत गतिविधि बाहेक अन्य कामका लागि घर छोड्न पाउने छैनन् ।
झण्डै ९० लाख जनसङ्ख्या रहेको अस्ट्रिया देशमा लकडाउनबाट बीस लाख नागरिक प्रभावित हुने जनाइएको छ । अस्ट्रियाका ६५ प्रतिशत जनसङ्ख्याले पूर्ण मात्रा खोप लगाएका छन् । पछिल्ला सात दिनमा प्रति १ लाख जनसङ्ख्यामा संक्रमण दर ८ सयभन्दा बढी रहेको बताइएको छ । त्यहाँ संक्रमण फैलिएसँगै अस्पतालमा बिरामीको भीड हुन थालेको छ ।









प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेवलाई फर्काउन सर्वोच्चको आदेश
पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्ने सरकारको निर्णय
सुडानको पूर्वप्राथमिक विद्यालय र अस्पतालमा भएका आक्रमणमा ६३ बालबालिकासहित ११४ जनाको मृत्यु
सबै क्षेत्रको विकासका लागि भरपर्दो उत्तर-दक्षिण राजमार्ग आवश्यक छः अर्थमन्त्री खनाल
उपत्यकाबाट एमालेको केन्द्रीय सदस्यमा हिमेश केसीको दावी
एमाले महाधिवेशन : सचिव पदमा युवा नेताको लर्को
एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो
एनपिएल : आज दुई खेल हुँदै
एनपिएलमा प्लेसिसले पुरा गरे कीर्तिमानी अर्धशतक
प्रतिक्रिया