भाडादर समायोजन गर्न माग

काठमाडौँ । नेपाल ट्रक यातायात व्यवसायी महासंघले पेट्रोलियम पदार्थको भएको मूल्यवृद्धिको अनुपातमा भाडादर समायोजन गर्न माग गरेको छ । महासंघका महासचिव राजेन्द्र विक्रम बानियाँले सोमबार साँझ विज्ञप्ति जारी गरी छोटो अवधिमा पटकपटक गरिएको मूल्यवृद्धिले यातायात क्षेत्र प्रत्यक्ष मारमा परेको भन्दै मूल्यवृद्धिको अनुपातमा भाडादर वृद्धि गर्न माग गरेका हुन् ।
“वैज्ञानिक प्रणालीका आधारमा निर्धारित भाडादरमा ट्रकहरू सञ्चालन गर्ने यातायात व्यवस्था विभाग र महासंघविच लिखित सम्झौता भए पनि उक्त सम्झौता कार्यान्वयनमा समस्या देखिएको छ”, महासचिव बानियाद्वारा जारी विज्ञप्तीमा भनिएको छ । महासंघले चाडपर्वको सेरोफेरोमा डिजेलमा १०४ बाट १५ बढाएर ११९ पु¥याएकाले ट्रक व्यवसायले पुरानै भाडादरमा व्यवसाय सञ्चालन गर्न नसक्ने बताएको छ । महासंघले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोध गरेको छ ।









सीटीईभीटीको उपाध्यक्ष पदका लागि दरखास्त आह्वान
काठमाडौं विश्वविद्यालयको दीक्षान्त समारोह आज
निर्वाचन आउन ८५ दिन बाँकी: आयोगले केही मतदानस्थलको पुनरावलोकन गर्दै
कस्ताे रहला आजको मौसम ?
एनपीएल इलिमिनेटरमा लुम्बिनी र काठमाण्डु भिड्दै
एमालेमा युवा नेत्री केन्द्रीय सदस्यका दावेदार
जनार्दन शर्मालाई गृहजिल्लामै कालो झण्डा
जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै कर्णाली
जनकपुरलाई कर्णालीले दियो १३० रनको लक्ष्य
एनपीएल : ४ टोली च्याम्पियन बन्ने दौडमा
प्रतिक्रिया