तलब नपाएपछि कर्मचारीद्वारा गाउँपालिकामा ताला
सिमकोट । हुम्लाको मध्ये भेगमा रहेको सर्केगार्ड गाउँपालिकामा आइतबारदेखि ताला लगाइएको छ । बाल विकास केन्द्रका सहजकर्ता र विद्यालयका कर्मचारीले बढेको तलब गाउँपालिका नदिएको भन्दै पालिकामा ताला लगाएका हुन् ।
गाउँपालिका बाल विकासका सहजकर्ता र कर्मचारीको तलब वृद्धिका लागि गम्भीर नदेखिएपछि आइतबार बेलुकाबाट ताला लगाएको प्रगति प्राविका सहजकर्ता रुप्सी छत्यालले बताए । सर्केगाड गाउँपालिकाले वृद्धि भएको तलब नदिएको भन्दै सबै सहजकर्ता र विद्यालयका कर्मचारी मिलेर तालाबन्दी गर्नुपरेको छत्यालले बताए ।
जिल्लाका अधिकांश गाउँपालिकाले आन्तरिक स्रोतबाट व्यवस्था हुने गरी बाल विकासका सहजकर्ता र विद्यालयका कर्मचारीलाई तलबको व्यवस्था गरेको अवस्थामा सर्केगार्डले उक्त व्यवस्था नगरेकाले दबाब दिन कठोर कदम चाल्नुपरेको यस्तै दुधकण्ड प्रावि रोडिकोटका बाल विकासका सहजकर्ता हाँसबहादुर छत्यालले बताए ।
सर्केगार्ड गाउँपालिकामा ३२ वटा विद्यालय छन् । यसमा चार वटा मावि र २८ वटा प्राथमिक तथा आधारभूत विद्यालय छन् । आधारभूत र प्राथमिक सबै विद्यालयमा बाल विकासका कक्षा सञ्चालन हुँदै आएका छन् । बत्तीस जना विद्यालय कर्मचारी र बाल विकासका गरी ६० जनाले आन्दोलित भएका छन् ।
















नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
उद्योग वाणिज्य महासङ्घ, लुम्बिनीको अध्यक्षमा श्रेष्ठ निर्वाचित
एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रतिक्रिया