आजदेखि सरकारले ई-पासपोर्ट जारी गर्दै

काठमाडौँ । सरकारले एमआरपी विस्थापन गरी विद्युतीय राहदानी (ई–पासपोर्ट) जारी गर्दैछ । राहदानी विभागले बुधबारदेखि औपचारिक रूपमा विद्युतीय राहदानी जारी गर्न लागेको हो । परराष्ट्रमन्त्री डा. नारायण खड्काले राहदानी विभागको त्रिपुरेश्वरस्थित कार्यालयबाट औपचारिक रूपमा विद्युतीय राहदानी जारी गर्दैछन् ।
मेसिन रिडेबल पासपोर्ट (एमआरपी) जारी गरिरहेको नेपालले केही दिनसम्म सीमितरुपमा ई-पासपोर्ट वितरण गर्ने छ । राहदानी विभागले सन् २०२० को डिसेम्बर २० मा फ्रान्सको आईडीईएमआईए आइडेन्टी एन्ड सेक्युरिटीसँग ई–पासपोर्ट छपाइका लागि २ अर्ब ४८ करोड रुपियाँमा छपाइका लागि सम्झौता गरेको थियो । ई–पासपोर्ट जारी भएसँगै समय बुक गरेर र घरबाटै दस्तुर तिरेर आउन सकिने भएकाले राहदानी लिन लाइन बस्नु नपर्ने भएको छ ।
ई–पासपोर्टमा पासपोर्टसहित व्यक्तिगत विवरण र बायोमेट्रिक डेटा पनि राखिने छ । ई–पासपोर्ट लागू भएपछि राहदानी दुरुपयोग हुनेबाट सरकारको विश्वास छ । ६४ पृष्ठको ई–पासपोर्टमा नेपालका सम्पदा, संस्कृति, जीवनयापन, वन्यजन्तु र चर्चित ठाउँहरूको तस्बिर राखिएको छ । पहिलो र अन्तिम कभरको भित्री पृष्ठमा डाँफे र नेपालको राष्ट्रिय झण्डा राखिएको ई–पासपोर्टको पहिलो पृष्ठमा भने सगरमाथा, दोसोमा पोलिकार्बोनेट डाटा, तेस्रोमा लुम्बिनी, चौथो र पाँचौंमा राष्ट्रपति भवन, छैठौं र सातौ पृष्ठमा एकसिंगे गैंडाको तस्वीर रहने बताइएको छ ।
















अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै
‘Operation Safety’ over the night: Five gangsters arrested; 18 held from airport
५० प्रतिशत सहकारीले पनि बुझाउँदैनन् नियमित प्रतिवेदन
फेवाताल छेउछाउका संरचनामा चल्यो डोजर
कलाकार सागर लम्साल (बले) पक्राउ
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
प्रतिक्रिया