आजदेखि सरकारले ई-पासपोर्ट जारी गर्दै

काठमाडौँ । सरकारले एमआरपी विस्थापन गरी विद्युतीय राहदानी (ई–पासपोर्ट) जारी गर्दैछ । राहदानी विभागले बुधबारदेखि औपचारिक रूपमा विद्युतीय राहदानी जारी गर्न लागेको हो । परराष्ट्रमन्त्री डा. नारायण खड्काले राहदानी विभागको त्रिपुरेश्वरस्थित कार्यालयबाट औपचारिक रूपमा विद्युतीय राहदानी जारी गर्दैछन् ।
मेसिन रिडेबल पासपोर्ट (एमआरपी) जारी गरिरहेको नेपालले केही दिनसम्म सीमितरुपमा ई-पासपोर्ट वितरण गर्ने छ । राहदानी विभागले सन् २०२० को डिसेम्बर २० मा फ्रान्सको आईडीईएमआईए आइडेन्टी एन्ड सेक्युरिटीसँग ई–पासपोर्ट छपाइका लागि २ अर्ब ४८ करोड रुपियाँमा छपाइका लागि सम्झौता गरेको थियो । ई–पासपोर्ट जारी भएसँगै समय बुक गरेर र घरबाटै दस्तुर तिरेर आउन सकिने भएकाले राहदानी लिन लाइन बस्नु नपर्ने भएको छ ।
ई–पासपोर्टमा पासपोर्टसहित व्यक्तिगत विवरण र बायोमेट्रिक डेटा पनि राखिने छ । ई–पासपोर्ट लागू भएपछि राहदानी दुरुपयोग हुनेबाट सरकारको विश्वास छ । ६४ पृष्ठको ई–पासपोर्टमा नेपालका सम्पदा, संस्कृति, जीवनयापन, वन्यजन्तु र चर्चित ठाउँहरूको तस्बिर राखिएको छ । पहिलो र अन्तिम कभरको भित्री पृष्ठमा डाँफे र नेपालको राष्ट्रिय झण्डा राखिएको ई–पासपोर्टको पहिलो पृष्ठमा भने सगरमाथा, दोसोमा पोलिकार्बोनेट डाटा, तेस्रोमा लुम्बिनी, चौथो र पाँचौंमा राष्ट्रपति भवन, छैठौं र सातौ पृष्ठमा एकसिंगे गैंडाको तस्वीर रहने बताइएको छ ।
















बलोचिस्तानमा पाकिस्तान सेनाको अपरेशन जारी,९२ आतङ्कवादी मारिए
पत्रकार दिनेश सिटौलाको निधन
महिला टी २० विश्वकप छनोट : आयरल्यान्डसँग थाइल्यान्ड पराजित
4 killed, 27 injured in road accident in E. Pakistan
Gold, silver prices decline
पाँच वर्षमा ठोस रूपमा उपलब्धि हासिल गर्नसक्ने गरी घोषणा पत्र ल्याउँछौँः अध्यक्ष ओली
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
प्रतिक्रिया