कात्तिक नाच : आज हिरण्यकश्यपु वध मञ्चन गरिने
ललितपुर । पाटनको मणिगल क्षेत्र ‘कात्तिक डबली’ मा आज कात्तिक नाचअन्तर्गतको आठौँ अर्थात् अन्तिम दिन नृसिंह अवतार–हिरयण्यकश्यपु वध मञ्चन गरिने भएको छ ।
प्रत्येक वर्ष ललितपुर दरबार क्षेत्रमा ‘कात्तिक नाट्य महोत्सव’ मञ्चन गर्ने परम्परानुसार साँझ सो नृृत्य प्रदर्शन गरी यो वर्षको नृत्य समापन गर्न लागिएको हो । भगवान विष्णु अनि दैत्यराज हिरण्यकश्यपु तथा भक्त प्रल्हदको कथामा आधारित नृत्य प्रदर्शन गरिने कात्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले जानकारी दिए । नाटकमार्फत अरुलाई अन्याय तथा अत्याचार गर्न नहुने यदि गरेमा आफू पनि उक्त जालमै परिने सन्देश छर्न खोजिएको अध्यक्ष चित्रकारले बताए ।
विसं १६९७ मा पाटनका राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ सो नाचको सुरुआत गरेको बताइन्छ । कात्तिक नाचको माध्यमद्वारा देशमा आउने बिघ्नबाधा हटी शान्त्ति र सुव्यवस्था कायम रहने विश्वास छ । कात्तिक महिनाभरि विभिन्न विधि र प्रकारका नृत्य प्रदर्शन गरिने भएकाले यस नाचलाई ‘कात्तिक नाच’ भनिएको हो । सत्ताइस दिनसम्म नाच प्रदर्शन गर्दा हरेक दिन विभिन्न विषयवस्तु तथा कथामा आधारित रही बेग्लाबेग्लै तरिकाले नृत्य मञ्चन गरिनु यसको विशेषता मानिन्छ ।
















युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
उद्योग वाणिज्य महासङ्घ, लुम्बिनीको अध्यक्षमा श्रेष्ठ निर्वाचित
नयाँ शैक्षिकसत्र वैशाख २ गतेदेखि, पाठ्यपुस्तक विद्यालयमा पु¥याइँदै
फोहरबाट मोहरः व्यासले कमायो १७ लाख
एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
सर्वसाधारणलाई मन्त्रालयमै बोलाएर गुनासो सुन्दै गृहमन्त्री
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रतिक्रिया