मदीराको विज्ञापन गर्ने मिडियालाई कारबाही गर्ने (भिडियोसहित)
काठमाडौं । विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाँईले बोर्डको सूचनालाई अटेर गरी मदिराजन्य पदार्थको विज्ञापन गर्ने सञ्चारमाध्यमहरुलाई कारबाही गर्ने बताएका छन् ।
विज्ञापन बोर्डका अध्यक्ष हुमागाँईले सूचना प्रकाशित गरिसकेपछि पनि केही सञ्चारमाध्यमहरुमा मदीराजन्य पदार्थहरुको विज्ञापन प्रकाशन भइरहेको उनले बताए ।
अटेर गरेर मदीराजन्य पदार्थहरुको विज्ञापन प्रशारण गर्ने पत्रपत्रिका, विज्ञापन एजेन्सी र विज्ञापनदातालाई कानून बमोजिम कारबाही गरिने उनले बताए ।
न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा उनले बोर्ड अहिले विज्ञापन प्रशारण गर्ने पत्रपत्रिका, विज्ञापन एजेन्सी र विज्ञापनदाताहरुलाई पत्राचार गर्ने तयारीमा रहेको बताए ।
अध्यक्ष हुमागाँईले ऐनले मदिरा तथा सुर्तिजन्य पदार्थको विज्ञापनमा मात्रै रोक लगाएको बताउँदै बिक्री वितरण र उत्पादनमा रोक नलगाएको स्पष्ट गरे । जनस्वास्थ्य सेवा ऐन २०७५ अनुसार मदिरा, सुर्तिजन्य पदार्थहरुको विज्ञापन गर्न रोक लगाएको उनले बताए ।












सांसदको उम्मेदवार नबन्ने कांग्रेस नेता दिलेन्द्र बडूको घोषणा
अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द
Nonagenarian man constructs water facility in Bhojpur school
51 days to go for HoR Polls: 85 candidates withdraw names from PR closed list
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
यस्तो छ एमाले केन्द्रीय कमिटी बैठकमा ओलीले गरेको सातबुँदे सम्बोधन (पूर्ण पाठ)
प्रतिक्रिया