बुधबार, मंसिर २४, २०८२

कांग्रेस निर्वाचन समितिको बैठक बस्ने

मेरोन्यूज २०७८ मंसिर २ गते ८:४९

काठमाडौँ । आज नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिको बैठक बस्ने भएको छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको हो ।

बाँकी रहेका वडा अधिवेशन र शुक्रबारदेखि हुने प्रदेश सभा क्षेत्रीय अधिवेशनबारे छलफल गर्न बैठक बस्ने भएको हो । अहिलेसम्म सिन्धुपाल्चोकका २ र रसुवाका केही वडामा अधिवेशन हुन बाँकी रहेको छ ।

अहिलेसम्म १४ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भइसकेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । बाँकी जिल्लामा आगामी मंसिर १० गतेभित्र अधिवेशन सक्नु पर्ने छ ।

कांग्रेसले आगामी मंसिर २४ देखि २६ सम्म काठमाडौँमा १४ औँ महाधिवेशन गर्दै छ।

प्रतिक्रिया