मधुमेही समाजलाई १० लाख सहयोग

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले मधुमेह रोग पहिचान, रोकथाम र नियन्त्रणका लागि नेपाल मधुमेही समाजलाई १० लाख सहयोग गर्ने भएको छ । विश्व मधुमेह दिवस २०२१ को सन्दर्भमा आज आयोजित कार्यक्रममा कामपा स्वास्थ्य विभाग र मधुमेही समाजबीच सम्झौता भएको हो ।
सम्झौताबमोजिम ज्येष्ठ नागरिकको परीक्षण निःशुल्क हुनेछ । यसमा चिनी रोग, अक्सिजनको मात्रा, रक्तचाप, परीक्षण निःशुल्क हुनेछ । यस परीक्षणबाट रोगको लक्षण देखिए थप उपचारका लागि पठाइनेछ । यसरी हुने उपचारमा नाम दर्ता, परामर्श, इसिजी, इको, भिडियो एक्स–रे, मुटु, मिर्गौला, कलेजो, प्रोस्टेडलगायतका परीक्षण निःशुल्क हुनेछन् । यसका लागि कामपाले समाजलाई आउँदो असार मसान्तसम्मका लागि रु १० लाख अनुदान रकम उपलब्ध गराउनेछ ।
सोही अवसरमा कामपा प्रमुख विद्यासुन्दर शाक्यले अहिले सबै घरघरमा मधुमेहका बिरामी हुनसक्ने भन्दै यसबाट हुनसक्ने जोखिम कम गर्नका लागि सबै सजग हुनुपर्ने बताए । राजधानी बाहिरका नागरिकले उपचारका लागि काठमाडौँ आउनु नपर्ने र देशका कसैले पनि विशेषज्ञ स्वास्थ्य सेवाका लागि विदेश जानु नपर्ने अवस्था ल्याउन कामपाले स्वास्थ्य क्षेत्रमा लगानी बढाएको उनको भनाइ थियो ।
यसअघि पनि कामपाले निःशुल्क डायलायसिस सेवाका लागि नेपाली सेनासँग सहकार्य गरेको छ । निकट भविष्यमा नै नेपाल प्रहरीसँग सहकार्य गरिने बताइएको छ । अहिले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा छ । दोस्रो चरणको कोरोना महामारीका समयमा १२ वटा अस्पतालसँग सहकार्य गरी सेवा विस्तार गरिएको प्रमुख शाक्यले जानकारी दिए । विश्वका हरेक १० मध्ये एक जनाको अनुपातमा मधुमेहको समस्या रहेको तथ्यांकले देखाउँछ । हरेक वर्षको नोभेम्बर १४ तारिखका दिनलाई विश्व मधुमेह दिवसका रूपमा मनाइन्छ ।
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया