तपाईको यो साता, राशीफलमा के छ ?
आज २०७८ साल मंसिर महिनाको ४ गते शनिबार । राशीअनुसार यो साता कस्तो रहने छ ? प्रस्तुत छ साप्ताहिक राशीफल ।
मेष
यस राशीका व्यक्तिहरुलाई यो साता सकारात्मक रहने छ । आम्दानीमा बृद्धि हुने छ भने पेशागत जीवनमा पनि सफलता प्राप्त हुने छ । सहज खालको व्यक्तित्वका कारण सबै स्थानमा सहज अनुकुल बन्न सकिने छ । विभिन्न पार्टी वा महोत्सवहरुमा सहभागि हुन पाइने छ । दाम्पत्य जीवनमा मधुरता छाउने छ । परिवारमा भने केही विषयले तनाव थप्ने छ ।
वृष
यस राशीका व्यक्तिहरुलाई यो साता अनुकुल खालको छ । मनमा अन्योलता हटेर स्पष्टता आउने छ । नयाँ सवारीसाधन प्राप्त गर्ने देखिन्छ । यात्रा गर्ने अवसर पनि प्राप्त हुने छ । पेशागत जीवन औसत प्रकृतिको रहने छ । आम्दानीमा भने थोरै बृद्धि देखा पर्ने छ । घर घडेरी किन्ने वा यसबाट नाफा हुने समय सक्रिय छ । सामाजिक छविमा भने आँच आउने छ ।
मिथुन
यस राशीका व्यक्तिहरुलाई यो साता सामान्य खालको बन्ने छ । आफुले राम्रो गर्न खोजे पनि अरुले स्वार्थी खालको चित्रण गर्ने छन् । परिवारमा तनाव उत्पन्न हुने छ । पेशागत जीवनमा भने थप जिम्मेबारी प्राप्त हुने छ । आम्दानीमा पनि बृद्धि हुन जाने छ । साथिभाइका बीचमा भने द्वन्दात्मक अवस्था आउने छ । निर्णय लिनमा दुविधाले सताउने छ ।
कर्कट
यस राशीका व्यक्तिहरुलाई यो साता प्रतिकुल खालको रहने छ । आम्दानीमा हुने भारी गिरावटले आर्थिक व्यवस्थापनमा जटिलता थप्ने छ । पेशागत जीवनमा पनि आरोप प्रत्यारोप र बादबिबादका क्रमहरु देखा पर्ने छन् । उदासिनताले सताउँदा खुशीका क्षणहरुमा पनि मनमा खुशी देखिने छैन् । परिवारमा झैझगडा र बेमेल हुने छ । जीवनसाथिको साथका कारण आड भरोषा भने उत्पन्न हुने छ । ।
सिंह
यस राशीका व्यक्तिहरुलाई यो साता सकारात्मक दिशामा जाने छ । निर्णय क्षमतामा अद्भुत सुधार आउने छ । नयाँ नयाँ कामको अवसरहरु आउने छन् । देश विदेशको यात्रा गर्न मिल्ने छ । घर पालुवा जनावरहरु प्रतिको प्रेम झल्किने छ । पेशागत जीवनमा थप जिम्मेबारी प्राप्त हुने छ । आम्दानीमा भने सोचे जस्तो बृद्धि नभए पनि आम्दानीको वातावरण भने तयार हुने छ । मनमा एकांकि भावनाले भने सताउने छ ।
कन्या
यस राशीका व्यक्तिहरुलाई यो साता सकारात्मक तर्फ जाने छ । पेशागत जीवनमा योजना अनुसार प्रगति देखा पर्ने छ । आर्थिक रुपमा व्यवस्थापन गर्न सजिलो परिस्थिति आउने छ । बाठो खालको व्यक्तित्व हुँदा लाभ मिल्ने छ । भावनात्मक रुपमा भने संवेदनशिल सोचाईहरु देखा पर्ने छ । प्रेम भने सफल हुने छैन् । परिवारमा कटुताका मात्रा देखिने छ ।
तुला
यस राशीका व्यक्तिहरुलाई यो साता औसत प्रकृतिको हुने छ । प्रतिष्पर्धी सोचाईमा तिब्रता आउने छ । उच्च मनोबल भएको व्यक्तित्व हुँदा हुँदै पछि छिट्टै हतोत्साहको शिकार पनि हुने जोखिम देखिन्छ । पेशागत जीवनमा सन्तुलन कायम हुने छ । कमाईमा बृद्धि हुँदा परिवारमा खुशियाली छाउने छ । दाम्पत्य जीवनमा मधुरता छाउने छ । व्यावसायमा रहेकाहरुको हकमा भने धेरै उत्साही नहुनु होला ।
वृश्चिक
यस राशीका व्यक्तिहरुलाई यो साता जटिलताको अवस्थाबाट अघि बढ्नु पर्ने छ । सामान्य काममा पनि धेरै उर्जा खर्चिनु पर्ने छ । विश्वास गरेका व्यक्तिहरुले पनि धोका दिने जोखिम रहेकाले सतर्कतासहि विश्वास अघि बढाउनु होला । शरीरमा आलस्यता बढ्ने छ भने रोग ब्याधिका क्रमहरुको जोखिम रहने छ । प्रशासनिक झण्झटबाट गुज्रनु पर्ने छ । पेशागत जीवनमा अपमानको अवस्था रहने र आर्थिक असन्तुलतको चक्रबाट जुध्नु पर्ने छ ।
धनु
यस राशीका व्यक्तिहरुलाई यो साता कठिनाईबाट गुज्रने छ । चालिएका कामहरु अपुरा रहने छन् । भाग्यको साथ नभएका कारण अपेक्षित सफलता हात पर्न सक्ने छैन् । राम्रो गर्न खोज्दा खोज्दै पनि अरुले सोही अनुसार मुल्यांकन भन्दा अपसजको अवस्था भोग्नु पर्ने छ । मनमा स–साना विषयले चोट पु¥याउने छ । सामाजिक छविमा ह्रास आउने छ । आफन्तका बीचमा अलोकप्रिय अवस्था रहने छ ।
मकर
यस राशीका व्यक्तिहरुलाई यो साता सकारात्मकता तर्फ जाने छ । दृढ खालको व्यक्तित्व हुँदा प्रतिष्र्पर्धीहरु हच्कने छन् । आँटेका कुराहरु अघि बढ्ने छन् । परिवारमा मधुरता छाउने र समन्वय बढ्ने छ । जीवनसाथिको साथले जीवनमा महत्वपूर्ण भुमिका खेल्ने छ । सामाजिक काममा मन जाने र सम्मान पनि प्राप्त हुने छ । विदेश यात्रा सार्थक बन्ने छ । आर्थिक रुपमा लाभ प्राप्त हुने छ । पेशागत जीवन पनि अनुकुल रहने छ ।
कुम्भ
यस राशीका व्यक्तिहरुलाई यो साता शुभ रहने छ । सामाजिक सोचको व्यक्तित्व हुने छ । कल्पनाशिलतामा आउने विचारले सृजनशिलता थप्ने छ भने यसबाट नयाँ पेशागत क्षेत्र खुल्न सक्ने सम्भावना रहने छ । पेशागत जीवन शुभ रहने छ भने आर्थिक चक्र बलियो बन्ने छ । अरुको विश्वास आर्जन गर्न सकिने छ । अध्ययन अध्यापनमा जोडतोडका साथ अघि बढ्न केन्द्रीत हुने छ । सवारीसाधनसँग सम्बन्धित विषयमा संयमित रहनु होला ।
मीन
यस राशीका व्यक्तिहरुलाई यो साता धेरै शुभ रहने देखिँदैन् । पैतृक धन सम्पत्तिमा नोक्सानी हुने छ । पेशागत क्षेत्रमा आफु भन्दा उच्च तहका कर्मचारीहरुसँग द्वन्द चर्किने छ । आर्थिक रुपमा असन्तुलन पैदा हुँदा तनावको महशुस हुन जाने छ । रुखो खालको बोली हुने भएकाले यसबारे ध्यान दिनुहोला । जंगली जनावरबाट सचेत रहनु होला । पानीमा पनि धेरै जोखिम नलिँदा उपयुक्त हुने देखिन्छ ।
(ज्यो. गुरु दिवाकर पन्त–ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् सम्पर्क– ९८१३६३७२३८)










कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
देउवा, ओली र प्रचण्डसँग छलफल गर्दै राष्ट्रपति पौडेल
अमेरिकामा मेक्सिकन विमान दुर्घटना, पाँच जनाको मृत्यु
कांग्रेस नयाँ नेतृत्वका साथ चुनावमा जानुपर्छ : नेता पौडेल
महिला टी-२० विश्वकप ग्लोबल छनोटको तालिका सार्वजनिक
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
प्रतिक्रिया