‘रामदेवलाई क्रान्तिकारी देखेर सित्तैमा जग्गा दिने कस्तो विकास हो ?’

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईले बाबा रामदेवको कम्पनी सञ्चालन गर्न सित्तै जग्गा दिनेबारे टिप्पणी गरेका छन् ।
शुक्रबार रामदेवको पतञ्जलीले आयोजना गरेको एक कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवासहितका नेताहरू उपस्थित भई नेपालमा कम्पनी खोल्न सित्तैमा जग्गा दिने बताएका थिए । यस क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रामदेवलाई क्रान्तिकारी वैज्ञानिक भन्दै प्रशंसा गरेका थिए ।
प्रधानमन्त्रीसहित देशका शीर्ष नेताहरूले रामदेवलाई नेपालमा लगानी गर्न आग्रह गरेसँगै जसपा अध्यक्ष भट्टराईले विरोध जनाएका छन् । उनले विश्वका ठूला लगानी हुन सक्नेलाई बाहिर राखेर आफू अनुकूलको व्यापारीलाई सहयोग गरेको भन्दै विरोध जनाएका हुन् ।
‘ठूलो लगानी हुन सक्ने देशहरूसँग द्विपक्षीय लगानी प्रबर्धन–संरक्षण सम्झौता (बिआइपिपिए) गर्दा दश हात उफ्रेर राष्ट्रघाती भन्ने तर आफू अनुकूलका व्यापारीलाई क्रान्तिकारी घोषित गर्दै सित्तैमा जग्गा दान गर्ने ?’ उनले भने, ‘यो कस्तो राष्ट्रवादी विकास नीति हो ? नेताहरूले यस्तै हावादारी कुरा गरेर जनता ठगिरहने ?’


















बागमतीमा स्वास्थ्य सेवा सुदृढीकरणः १३ जिल्ला अस्पताल प्रादेशिकमा रुपान्तरण हुँदै
Philippines forces kill 10 Islamist militants in arrest gunfight
लागुऔषधसहित विभिन्न स्थानबाट २४ जना पक्राउ
KOICA provides USD 2.5 million for financial access to Korea Returnee Migrants
सभापति चयन गर्न १२ वटा समितिका बैठक हुँदै
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिका–इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
जबर्जस्ती करणीका फरार अभियुक्त १८ वर्षपछि पक्राउ
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
प्रतिक्रिया