माधव नेपालको पार्टी प्रदेश २ सरकारमा सहभागी (भिडियाे)
दुई मन्त्रालय लिएर संसदीय दलका नेता शत्रुधन महतो र प्रमोद यादवले लिए मन्त्रीको सपथ

जनकपुरधाम । एमालेवाट टुक्रिएर बनेको माधव नेपालको पार्टी नेकपा एकीकृत समाजवादी पार्टी प्रदेश २ सरकारमा सहभागी भएको छ ।
केन्द्रदेखि प्रदेश सरकारसम्म नेकपा एकीकृत समाजवादी सरकारमा सहभागी भएको हो । पछिल्लो पटक जनता समाजवादी पार्टीका नेता लालवावु राउतले नेतृत्व गरेको प्रदेश २ नेतृत्वको सरकारमा दुई मन्त्री लिएर नेकपा एकीकृत समाजवादी पार्टी सरकारमा सहभागी भएको हो ।
नेकपा एसका तर्फबाट संसदीय दलका नेता शत्रुधन महतो र प्रमोद यादवले आज विहान मन्त्री पदको सपथ लिएका हुन् ।
महतोले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र यादवले कानून न्याय तथा प्रदेश मामिला मन्त्रालयको जिम्मेवारी पाएका छन् । उनीहरुलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले सपथ गराएका छद्धन् ।
नेकपा एसको प्रदेशसभामा १३ सांसद छन् ।
नेकपा एसले वागमति र प्रदेश १ को सरकारको नेतृत्व भने आफै गरेको छ ।
भिडियाे
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया