भीम रावलले गरे अध्यक्षमा उम्मेदवारीको घोषणा (प्रतिबद्धतापत्रसहित)

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष भिम रावलले १०औं महाधिवेशनमा अध्यक्षमा उठ्ने घोषणा गरेका छन् । आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गरी उनले अध्यक्षमा उम्मेद्धारीको घोषणा गरेका हुन् ।
रावलले एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा आफू अध्यक्षमा प्रतिस्पर्धा गरे बताए । उनले पार्टीको नीति र लोकतान्त्रिक विधिअनुसार आफूले अध्यक्षमा उम्मेदवारी दिने बताए । पार्टी कार्यालय महाधिवेशनको व्यस्तताका खाली नभएकाले रिपोर्टस क्लबबाट उम्मेदवारी घोषणा गरेका हुन् । अध्यक्ष ओलीले १० बुँदे सहमति कार्यन्वयनमा इमानदारिता नदेखाएको र नेकपा एकता जोगाउन असफल भएको भन्दै रावलले आगामी महाधिवेशनमा उम्मेदवारी घोषणा गरेका हुन् ।
उनले भने, ‘मैले राजनीतिक जीवनको आरम्भदेखिनै नै उठाउँदै आएको पार्टीको विधि, पद्धति, उद्देश्य, लक्ष्य, देशभक्ति र सिद्धान्तको झण्डालाई निष्ठा र दृढताका साथ फहराइ रहन अघि बढ्ने संकल्प गरेको छु । यही दृढ संकल्पका साथ पार्टीको विधान महाधिवेशनबाट पारित दस्तावेजमा उल्लेखित र अनुल्लेखति वा स्पष्ट गर्नुपर्ने निम्नलिखित उद्देश्य, लक्ष्य र मान्यताको आधारमा मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने एमालेको दसौं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय कमिटीको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्दछु ।’
एमालेको १० औं राष्ट्रिय महाधिवेशन यही मंसिर १० देखि १२ सम्म चितवनमा आयोजना हुँदैछ ।


















बागमतीमा स्वास्थ्य सेवा सुदृढीकरणः १३ जिल्ला अस्पताल प्रादेशिकमा रुपान्तरण हुँदै
Philippines forces kill 10 Islamist militants in arrest gunfight
लागुऔषधसहित विभिन्न स्थानबाट २४ जना पक्राउ
KOICA provides USD 2.5 million for financial access to Korea Returnee Migrants
सभापति चयन गर्न १२ वटा समितिका बैठक हुँदै
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिका–इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव
जबर्जस्ती करणीका फरार अभियुक्त १८ वर्षपछि पक्राउ
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
प्रतिक्रिया