सोमबार तपाईको राशीफल

आज २०७८ साल मंसिर महिनाको ६ गते सोमबार, मंसिर कृष्णपक्षको तृतीया तिथि रहेको छ ।
मेष
दुविधात्मक सोच भएको व्यक्तित्व हुने छ । मनोबल कमजोर हुने छ । मनमा दुविधाका मात्राहरु असाध्यै धेरै आउने हुँदा निर्णय क्षमतामा अन्योलता आउने छ । पैतृक सम्पत्तिका कारण केही राहत मिल्न जाने छ । पेशागत जीवनमा कठिनाईहरुको सामना गर्नु भएकाले सतर्कतासहित अघि बढ्नु उपयुक्त हुने छ ।
वृष
आम्दानीमा बृद्धि हुने छ । मनले चाहेका इच्छा आकांक्षा तथा सपनाहरु पुरा हुने तर्फ जाने छन् । पेशागत जीवन स्थिर हुने छ भने पेशागत जीवनमा पनि उन्नति प्रगति हुने छन् । बोलीमा भने कडापन देखा पर्ने भएकाले संयमित रहनु होला । उत्साह र उमङ्गको लहर आउने छ ।
मिथुन
भाग्यको साथ रहेको छ । तर पेशागत जीवनमा केही अस्थिरताको भने सामना गर्नु पर्ने हुन्छ । भित्रि बुद्धिको तिब्रता बढ्न पुग्दा चलाख खालको व्यक्तित्व हुने छ । पेशागत जीवनमा जुध्नु पर्ने र आरोप प्रत्यारोप खेप्नु पर्ने अवस्था आउँछ । साझेदारीमा गरिएका कामहरुमा अवरोधहरु देखा पर्ने छन् । बौद्धिकताको मात्रामा बृद्धि हुने छ ।
कर्कट
कडा खाले व्यक्तित्व हुने र रिस धेरै उठ्ने भएकाले संयमित रहनु होला । आम्दानीमा बृद्धि हुने छ तर पेशागत जीवन औसतमा ठिक नै रहने भए तापनि केही सतर्कताहरुको भने आवश्यकता देखिन्छ । परिवारमा द्वन्दात्मक अवस्था आउने भएकाले नरम भावबाट अघि बढेमा लाभ मिल्ने छ ।
सिंह
उच्च दृढता भएको व्यक्तित्व हुने छ । तर रिस भने बढि उठ्ने खालको व्यक्तित्व देखा पर्ने भएकाले यस विषयमा संयमित रहनु होला । धन सम्पत्तिमा बृद्धि हुने छ । पैतृक सम्पत्तिको प्रयोग वा उपलब्धताले निकै साथ दिने छ । पेशागत जीवन औसत अवस्थामा केही चुनौतिपूर्ण तर्फ देखिने छ । साझेदारीमा गरिएका कामहरुमा केही समस्याहरु देखिन जाने छ ।
कन्या
बोलीमा आउने सकारात्मक प्रभावले पेशागत जीवनमा देखा पर्ने अस्थिरतालाई सँहाल्न ठुलो मद्धत गर्ने छ । व्यक्तित्वमा गिरावट आउने छ । आम्दानीमा भने केही बृद्धि देखा पर्ने छ । पेशागत जीवनमा अस्थिरताका क्रम देखिन जाने छ । भाग्यहिनताको आभाष मनमा आउने छ । साझेदारीमा गरिएका कामहरु सकारात्मक रहने छन् ।
तुला
मनमा दुविधाका क्रम एकपछि अर्काे गरि देखा पर्ने छ । जसका कारण कार्यहरु अघि बढाउँदा के गरौँ र कसो गरौ भन्ने अन्योलता निरन्तर देखा परि रहने छ । पेशागत जीवनमा सफलता प्राप्त हुने छ । गरेका कामको कदर हुने छ । साझेदारीमा गरिएका काममा केही सतर्कता अपनाउनु होला ।
वृश्चिक
बोलीको प्रभाव घटेर जाने भएकाले संयमित भएर बोलीको प्रयोगमा ध्यान दिनु होला । व्यवस्थापन खुबीमा गिरावट देखा पर्ने छ । मनमा हल्का नकारात्मक विचारहरुको श्रृङ्खलाले देखा पर्न जाँदा उदासिनताको मात्रा बढ्ने छ । पेशागत जीवन स्थिर रहने छ तर आम्दानीमा भने गिरावट रहने छ ।
धनु
बाठो व्यक्तित्व हुने छ । तर मनोबल भने कमजोर खालको हुन जाने भएकाले आफ्ना प्रतिष्पर्धीहरुसँग जुध्न भने दृढताको अभाव हुने छ । बौद्धिक र राजसी खालको व्यक्तित्व हुने छ । प्रतिष्पर्धीहरुको अभिव्यक्ति तथा भनाईबाट मनमा खिन्नता देखा पर्ने भएकाले दृढटा विकासमा ध्यान दिनुहोला । पेशागत जीवनमा स–साना विषयले उल्झन बढाउने छन् ।
मकर
प्रतिष्पर्धात्मक क्षमतामा बृद्धि हुने छ । बोलीको प्रभावकारीताका कारण आम्दानी तथा लक्ष्य प्राप्तिमा ठुलो मद्धत मिल्ने छ । साझेदारीमा गरिएका कामबाट प्रतिफल प्राप्त हुने छ । तर पेशागत जीवनमा केही आरोप प्रत्यारोप तथा द्वन्दको सामना गर्नु पर्ने अवस्था आउन जाने छ ।
कुम्भ
पारीवारिक जीवनमा मिलन हुने छ । तर बोलीमा कडापन देखा पर्ने भएकाले बोली नरम बनाउनेतर्फ प्रयास गर्दा राम्रो हुने छ । पेशागत जीवनमा शुभता बृद्धि हुने छ भने स्थिरता उत्पन्न हुने छ । तर भाग्यहिनताको आभाष मनमा निरन्तर भइरहने हुँदा मनोबलको मात्रामा भने भारी गिरावट देखा पर्ने भएकाले मनोबल उच्च बनाउन प्रयास गर्नु होला ।
मीन
चलाख खालको व्यक्तित्व हुने छ । बाणिमा प्रभावकारीता बढ्न पुग्ने छ । भाग्यले साथ दिएको समय छ, जसले गर्दा आँटेका कामहरुमा सुधार आउने छ । व्यवस्थापकीय क्षमतामा पनि दक्षता बृद्धि हुने छ । पारीवारिक जीवनमा भने विवाद र चर्काचर्कीको वातावरण उत्पन्न हुने छ ।
(ज्यो. गुरु दिवाकर पन्त– ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् सम्पर्क– ९८१३६३७२३८)
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया