बैतडीमा जीप दुर्घटनामा मृतकको संख्या ६ पुग्यो
काठमाडौँ । बैतडीमा जन्ती बोकेको जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ । जिल्लाको दशरथचन्द नगरपालिका २ देहिमाडौँबाट जन्ती बोकेर दशरथचन्द ६ सिमायलतर्फ जाँदै गरेको म १ ज ३१० नम्बरको जीप आइतबार राति दुर्घटनामा परेको हो ।
जीपमा सवार रहेका सात जनामध्ये पाँच जनाको घटनास्थलमै मृत्यु भएको र एक जनाको उपचारका लागि धनगढी लैजाँदै गर्दा मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका जीप चालक डडेल्धुराका ४० वर्षीय दीपक मालीको उपचार गर्न लैजाँदै गर्दा बाटोमा मृत्यु भएसँगै मृतकको संख्या ६ पुगेको प्रहरीले जनाएको छ ।
घटनास्थलमै मृत्यु हुनेमा सबै दशरथचन्द ६ कै रहेका बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । दशरथचन्द ६ का ४८ वर्षीय राजेन्द्रबहादुर चन्द, ३८ वर्षीय धनबहादुर चन्द, ६५ वर्षीय प्रेमबहादुर चन्द, ६५ वर्षीय तारासिंह थापा र ५८ वर्षीय खेमसिंह कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थलमै मृत्यु भएका पाँच जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल बैतडी र बाटोमा मृत्यु भएका चालकको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।
यस्तै दुर्घटनामा दशरथचन्द ६ का ४८ वर्षीय हर्कबहादुर चन्द गम्भीर घाइते भएका छन् । चन्दको जिल्लामा उपचार हुन नसक्दा धनगढी रेफर गरिएको छ । सडकबाट ७ सय मिटर तल खसेको जीप दुर्घटनाको कारण भने खुल्न सकेको छैन् ।









सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
सुदूरपश्चिममा थपिए ४६ हजार नयाँ मतदाता
जेनजी र सरकारबीचको सम्झौतालाई ओलीले भने- ‘कलाविहीन भद्दा नाटक’
सुदूरपश्चिमका यी अखिलका पूर्वनेता केन्द्रीय सदस्यमा ‘डेब्यु’ गर्ने तयारीमा
ईश्वर पोखरेलले पार्टीलाई बुझाएको अवधारणापत्रमा के छ ? (पूर्णपाठ)
समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता
एमाले महाधिवेशनको तयारी तीव्र
एनपीएल : बलिङमा नेपाली खेलाडी चम्किए, ब्याटिङमा विदेशी
प्रतिक्रिया