पाँच प्रतिशत प्रतिनिधि चयन गर्न एमालेको बैठक बस्दै
मेरोन्यूज
२०७८ मंसिर ६ गते ८:५५
काठमाडौँ । पार्टीको १० औँ महाधिवेशन नजिकिदै गर्दा नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । तुलसीलाल अमात्य प्रतिष्ठानमा बस्ने गरी सोमबार दिउँसो ३ बजे बैठक बोलाएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
आजको बैठकमा महाधिवेशनका लागि केन्द्रीय कमिटीले छनोट गर्ने ५ प्रतिशत महाधिवेशनका बारेमा छलफल हुने भएको छ । एमालेको विधानअनुसार केन्द्रीय कमिटीले ५ प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनयन गर्ने छ । आजको बैठकमा मनोनित गर्ने प्रतिनिधिको नाम पेश हुने भएको छ ।
एमालेको १० औँ राष्ट्रिय महाधिवेशन आगामी १०–१२ गते चितवनमा हुँदै छ ।
सम्बन्धित









वेवारिसे अवस्थामा मोरङबाट ९२१ किलो ६६ ग्राम गाँजा बरामद
एमाले महाधिवेशनः पार्टी कार्यालयमा चहलपहल बढ्यो
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
सुदूरपश्चिमका यी अखिलका पूर्वनेता केन्द्रीय सदस्यमा ‘डेब्यु’ गर्ने तयारीमा
समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता
एमाले महाधिवेशनको तयारी तीव्र
एनपीएल : बलिङमा नेपाली खेलाडी चम्किए, ब्याटिङमा विदेशी
एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने
प्रतिक्रिया