बुधबार, वैशाख २३, २०८३

देउवा दम्पतीविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोलको अस्वीकार

मेरोन्यूज २०८३ वैशाख २३ गते १३:०६

काठमाडौँ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानमा रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी पूर्व परराष्ट्रमन्त्री आरजु राणा देउवाविरुद्ध रेड नोटिस जारी गर्न इन्कार गरेकाे छ ।

Advertisement
NiccNicc

उनीहरुविरुद्ध रेड नोटिसका लागि आवश्यक सर्तहरू नपुगेको भन्दै इन्टरपोलले जवाफ फर्काएकाे हाे ।

पक्राउ पुर्जी जारी भएको जानकारीका आधारमा मात्र रेडकर्नर नोटिस जारी गर्न नमिल्ने इन्टरपोलले बताएकाे एक प्रहरी अधिकृतले जानकारी दिए ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले देउवा दम्पतीविरुद्ध एक महिनाअघि चैत २४ गते जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको थियो। त्यसपछि विभागले पक्राउ पुर्जीपत्र र अनुसन्धान भइरहेको कसुर उल्लेख गरी रेड नोटिस जारीको प्रक्रिया अघि बढाउन प्रहरीमार्फत इन्टरपोललाई अनुरोध गरेको थियो ।

प्रतिक्रिया