प्रधानन्यायाधीशको तजविजी अधिकार कटौती (राजपत्रमा प्रकाशित सूचनासहित)
गोलाप्रथाबाट पेशी तोक्न बाटो खुल्यो

काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीशको तजविजी अधिकार कटौती भएको छ । सर्वोच्च अदालत नियमावली २०७४ दोस्रो संशोधन राजपत्रमा प्रकाशित भएसँगै प्रधानन्यायाधीशको तजविजी अधिकार कटौती भएको हो ।
सोमबार नेपाल राजपत्रमा सर्वोच्च अदालत (दोस्रो संशोधन) नियमावली, २०७८ सम्बन्धी सूचना प्रकाशित भएको छ ।
प्रधानन्यायाधीशको पेशी तोक्ने अधिकार कटौती गर्दै सर्वोच्चको संशोधित नियमावली नेपाल राजपत्रमा प्रकाशित भएको हो ।
सर्वोच्च अदालत नियमावली २०७४ दोस्रो संशोधन राजपत्रमा प्रकाशित भएको छ ।
योसँगै अब मुद्दाको पेशी प्रधानन्यायाधीशले आफ्नो तजविजीमा नभई गोलाप्रथाबाट सूचीकरण हुनेछ ।
यही मंसिर २ गते प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबाहेकको फुलकोर्ट बैठकले प्रधान्यायाधीशको अधिकार कटौती गर्ने गरी नियमावली संशोधन गरेको थियो ।
न्यायालय सुदृढीकरणको बाधक प्रधानन्यायाधीश जबरा भएको भन्दै सर्वोच्च अदालतकै न्यायाधीशहरुका साथै बार एशोशिएसनले चरणबद्ध आन्दोलन गर्दै आएका छन् ।
प्रधानन्यायाधीशविरुद्ध सर्वोच्चका न्यायाधीशहरुले इजलास बहिस्कार गरिरहेका छन् ।
यसैबीच, गोलाप्रथा विधिबाट पेसी व्यवस्थापन गर्ने कार्य प्रारम्भ गर्न मंगलबार सर्वोच्च अदालतको पूर्ण बैठक राख्ने तयारी गरिएको छ ।
सोमबार सर्वोच्च अदालत नियमावली २०७४ को संशोधन राजपत्रमा प्रकाशन भएपछि मंगलबारका लागि पूर्ण बैठक राख्न लागिएको हो ।
सर्वोच्च अदालत स्रोतका अनुसार गोलाप्रथाबाट पेसी व्यवस्थापन गर्नेसम्बन्धी नियमावली र निर्देशिका राजपत्रमा प्रकाशन भएपछि पेसी व्यवस्थापन निर्देशन समिति बनाउन फुलकोर्ट बस्न लागेको हो ।
















नेपाल ‘ए’सँग स्कटल्यान्ड पराजित
स्वास्थ्य प्रतिष्ठानहरूमा निमित्त निर्देशक नियुक्त
इजरायली सेनाद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १७ प्यालेस्टिनी नागरिक पक्राउ
नेपाल उद्योग वाणिज्य महासङ्घको ‘छ स्तम्भ, साठी पहल’ सार्वजनिक
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया