आज कुन राशीको दिन कस्तो ?

आज २०७८ साल मंसिर महिनाको ७ गते मंगलबार, मंसिर कृष्णपक्षको चतुर्थी तिथि । आज मंगलचौथी रहेको छ ।
मेष
दुविधात्मक सोचले गर्दा व्यक्तित्वमा पनि अन्योलता देखा पर्ने छ । निर्णय लिनका लागि असाध्यै डर लाग्ने छ । पेशागत जीवनमा सहजताको प्रतिक्षा गरि निरन्तरता दिँदै अघि बढ्ने प्रयास गर्नु नै अहिलेका लागि ठिक हुने छ । भइराखेको आम्दानीमा बृद्धि नभए पनि पैतृक सम्पत्तिका कारण केही राहत भने मिल्ने छ ।
वृष
कमाईमा बृद्धि हुँदा अलि घमण्डिपनाले सताउने छ । सुरोपनमा धेरै बृद्धि देखिने हुँदा निर्णयहरु लिनका लागि निकै उत्साह आउने छ । लिइएका लक्ष्यहरु पुरा हुने क्रममा जाने छन् । पेशागत जीवनमा सफलता प्राप्त हुने छ । कडा खालको बोली हुने भएकाले झैझगडाको भने खतरा हुने छ ।
मिथुन
बौद्धिकता दायरामा फराकिलोपना आउने छ । भाग्यले साथ दिएको छ । चलाखीपनामा पनि बृद्धि हुने छ । पेशागत जीवनमा भने चुनौतिहरुको सामना गरि अघि बढ्नु पर्ने छ । विभिन्न खाले आरोप प्रत्यारोपको सामना गर्नु पर्ने छ । परिवारमा द्वन्दहरु देखा पर्ने छ ।
कर्कट
कमाईमा बृद्धि हुने छ । यौन जीवनमा कमजोरी देखिने र आरोप खेप्नु पर्ने खतरा रहेकाले संयमित रहनु होला । पेशागत जीवनमा सुधार आउने छ । दृढ खालको व्यक्तित्व हुने छ तर त्यो कडा खाले स्वाभावको हुने छ । परिवारका सदस्यहरुमा केही सुमधुरता आउन थाल्ने छ ।
सिंह
दृढ खालको मानिस हुने भएकाले अरुलाई समेत समेटेर लैजाने क्षमता हुने छ । जोखिमपूर्ण कामहरुमा हात हाल्न मन लाग्ने छ । र केही सफलताहरु पनि प्राप्त हुने छ । आर्थिक अवस्था अनुकुल रहने छ । नेतृत्वदायी क्षमतामा निखारता आउने छ । साझेदारीका विषयहरुमा भने सचेत रही निर्णय लिनु होला ।
कन्या
आर्थिक अवस्थामा केही कठिनाईको सामना गर्नु पर्ने छ । समय संयमित रही अघि बढ्नु होला । झैझगडा र बादबिबादमा फस्ने भन्दा त्यसबाट जोगिनु नै ठुलो कुरा हुने छ । व्यक्तित्वमा गिरावट आउने छ । पेशागत जीवनमा राहतको अनुभूति हुने छ । सकारात्मक बोलीको शैलीले गर्दा आफ्ना अनुयायीहरुको विश्वास भने बढ्ने छ ।
तुला
सामाजिक रुपमा कदर प्राप्त हुने छ । परिवारका सदस्यहरुले विश्वास गर्ने छन् । पेशा व्यावसायमा सन्तोष मिल्ने छ । निन्द्रामा समस्या देखिँदा मानसिक दबाब उत्पन्न हुने छ । मनमा दुविधाको चक्रले घेर्ने छ । सवारीसाधन सम्बन्धि विषयमा सतर्क रही यात्रा गर्नु होला ।
वृश्चिक
बाणिको प्रभाव न्युन हुँदै जाने भएकाले यसको संवेदनशिलताबारे ध्यान दिनुहोला । उदासिन व्यक्तित्वले गर्दा अरुले पनि विश्वास गर्न कठिन मान्ने छन् । जीवनसाथिको साथका कारण जीवनका कठिन क्षणहरुमा पनि मद्धत मिल्ने छ । पेशागत जीवनमा सृजनशिलताको अभाव हुने छ । कमाईमा गिरावट आउने छ ।
धनु
अरुको आत्मसम्मानलाई त्यत्ति ख्याल नगर्ने सोचको व्यक्तित्व हुँदा अरुले निष्ठुर भनि बुझ्ने छन् । शौखिन खालको व्यक्तित्व हुने भएकाले पैसा धेरै खर्च गर्न मन लाग्ने छ । चलाख खालको सोचाइमा भने विकास हुने छ । भित्रि मनमा भने लद्युताभाषको भाषले सताउने छ । पेशागत जीवनमा उल्झनहरुको सामना गर्नु पर्ने छ ।
मकर
बोलीमा कटुताको बृद्धि हुँदा अरु मानिसहरुले त्यत्ति प्रिय मान्ने छैन् । आफुलाई बढि मुल्यांकन गर्ने र अरुलाई कम मुल्यांकन गर्ने स्वाभाव हुने छ । पेशागत जीवन सम्मुनत नबने पनि निरन्तर रहने छ । प्रतिष्पर्धात्मक क्षमतामा बृद्धि हुँदा अरुले हेप्न सक्ने छैनन् । यात्रामा सुमधुरता आउने छ ।
कुम्भ
भगवानमाथि विश्वास गर्ने मात्रामा बृद्धि हुने छ । सुख दुःखमा पनि सकारात्मक सोच राख्ने व्यक्तित्व बन्ने छ । परिवारमा सुमधुरताको आभाष रहने छ । पेशागत जीवनमा नयाँ नयाँ क्षेत्रको विश्वास आर्जन गर्न सकिने छ । आर्थिक अवस्था अपेक्षाकृत शुभ रहने छ । नयाँ नयाँ मानिसहरुसँग भेटघाट हुने र सहकार्य गर्ने अवसर मिल्ने छ ।
मीन
बाध्यात्मक कदमका कारण आफैले गरेका बाचा र बचनहरु पुरा गर्न निकै कठिन हुने छ । अविश्वासिलो मानिसका रुपमा अरुले चित्रण गर्ने छन् । नयाँ नयाँ सामान खरिद गर्ने समय रहेको छ । व्यक्तित्व भने चलाख खालको नै रहने छ । यात्रामा मन रम्ने छ । मित्रहरुका बीचमा प्रोत्साहन मिल्ने छ । पारीवारिक जीवनमा कठिनाईहरुको अवस्थाबाट गुज्रनु पर्ने छ ।
(ज्यो. गुरु दिवाकर पन्त – ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् सम्पर्क– ९८१३६३७२३८)
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया