काठमाडौं ८ मा सिंह निकट श्रेष्ठ बने क्षेत्रीय सभापति

काठमाडौं । नेपाली कांग्रेसको प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय अधिवेशन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर ८ मा राजेश श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठ प्रकाशमान सिंह निकट हुन् । गएराति आएको नतिजामा श्रेष्ठले ११९ मत ल्याएका हुन् । उनका प्रतिद्धन्द्धी तेविन्द्र शाक्य पराजीत बने।
शाक्यले जम्मा ४९ मत मात्रै पाएका छन् । श्रेष्ठ र शाक्य दुवै जना कांग्रेस पूर्व महामन्त्री प्रकाशमान सिंह निकट हुन् ।
तर शाक्यले भने यसपटक सिंहको समर्थन पाएनन् ।
सो क्षेत्रमा क्षेत्रीय सचिवका लागि भएको निर्वाचनमा पनि श्रेष्ठ प्यालनकै पुष्करराज पाण्डे र शंकर पुडासैनीले क्रमस १३९ र ९८ मत प्राप्त गर्दै विजयी भएका छन् ।
कार्यसमिति सदस्यमा नै कन्चना नेपाली, केदारमान सिंह, गौतम शाक्य, बालमुकुन्द श्रेष्ठ, देउका केसी ,भगवत्ती थपलिया, रत्नकेशरी खड्गी, सुभेष झा, मिनबहादुर चौहान, राजेन्द्रगोपाल तण्डुकार र सन्जेशमान डंगोल निर्वाचित भएका छन् ।
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया