कञ्चनपुरमा कांग्रेस संस्थापन पक्षबीच नै प्रतिस्पर्धा
एनपी साउदको पकेटका सिंहले बाजी मारे
मेरोन्यूज
२०७८ मंसिर ७ गते १५:१३

काठमाडौं । कञ्चनपुरमा नेपाली कांग्रेसको संस्थापन पक्षबीच नै प्रतिष्पर्धा देखिएको छ ।
प्रदेशसभा क्षेत्रीय अधिवेशनमा केन्द्रीय सदस्य एनपी साउद र रमेश लेखकको प्यानल भिडेका छन् । परिणातः संस्थापन पक्षले संस्थापनलाई नै हराएको छ । कञ्चनपुरको २ मा लेखक पक्षलाई साउदको प्यानलले हराएको छ ।
कञ्चनपुर २ मा साउद पक्षबाट सभापतिमा भिडेका लालबहादुर सिंह विजयी भएका हुन् । कुल ५०४ मत खसेकोमा सिंहले ३४१ प्राप्त गरे ।
लेखकले प्रतिस्पर्धामा उतारेका नवराज जोशीले १५७ मत ल्याएका छन् । सचिवमा पनि साउद पक्षकै विजयी भएका छन् ।
सचिवद्वयमा साउद पक्षका गणेशबहादुर सिंह ३५० र थानेश्वरप्रसाद भट्ट ३३१ मतसहित विजयी भए ।
सम्बन्धित


















कोइला सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द
कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार
PM Shah to hold discussions with Chief Ministers of all provinces
अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता
इरानको विश्वकप यात्रा सुनिश्चित
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
सम्पत्तिबारे गृहमन्त्रीकाे जवाफ : गरिब जन्मिनु गल्ती होइन, गरिब नै भएर मर्नुचाहिँ गल्ती
अस्ट्रेलियाली सेनामा पहिलो महिला प्रमुख
प्रतिक्रिया