आजको राशिफल : मंसिर ८ गते बुधबार

आज २०७८ साल मंसिर महिनाको ८ गते बुधबार, मंसिर कृष्णपक्षको पञ्चमी तिथि ।
मेष
बौद्धिक क्षेत्रमा प्रगति हुने छ । पेशागत जीवनमा अनपेक्षित समस्याका क्रमहरु एकपछि अर्काे गरि देखा पर्ने छन् । प्रतिष्पर्धीहरुसँग जुध्न मानसिक रुपमा तयार रहेता पनि शारीरिक रुपमा कमजोरी आउने हुँदा मनोबलमा गिरावट आउने छ । यसले प्रतिष्पर्धात्मक क्षमतामा पनि गिरावट गराई दिने छ । धेरै जोखिमपूर्ण लगानीका क्षेत्रहरुमा हात हाल्ने समय रहेको छैन् ।
वृष
शारीरिक शिथिलता देखा पर्ने छ । मानसिक सवलता हुने छ, आफुले सोचेको विषयमा संकल्पित व्यक्तित्व हुने छ । तर सो अनुसारको शारीरिक मजबुदी नहुने भएकाले मनोबलको अभाव हुने छ । व्यक्तित्वमा दृढता नहुँदा अरुले सजिलै हेप्ने छन् । पेशागत जीवनमा उचार चढाव आउने छ । प्रतिष्पर्धात्मक क्षमतामा पनि गिरावट आउने हुँदा यसको सन्तुलनका लागि शारीरिक अभ्यास, योगाभ्यास, ध्यान, जप आदी गर्नाले फाइदा मिल्ने छ ।
मिथुन
व्यक्तित्वमा गिरावट आउने छ । शारीरिक र मानसिक रुपमा कमजोर अवस्था रहने छ । पेशागत जीवन औसत रहने भएता पनि आम्दानीमा भने केही बृद्धि हुन जाने छ । भाग्यको साथको अभावका कारण स–साना विषयमा पनि धेरै कठिनाईको सामना गर्नु पर्ने हुन्छ । दाम्पत्य जीवनमा पनि चुनौति थपिने भएकाले शान्तभावले पाइला चालेमा फाइदा मिल्ने छ ।
कर्कट
बोलीको प्रभाव बढ्न पुग्ने छ तर बाणिमा कडापना पनि उत्तिकै बढ्न जाने भएकाले यसबारेमा ध्यान दिनु होला । मानसिक रुपमा सवल हुने भए पनि शारीरिक रुपमा भने धेरै कमजोरी देखा पर्न जाने छ । यसले गर्दा मनोबल कमजोर हुने र दृढताको अभाव हुन जाने छ । व्यावसायिक तथा रोजगारीमा रहेकाहरुलाई समय सकारात्मक देखिन्छ ।
सिंह
भाग्यको साथ रहनाले आँटिलो स्वाभाव हुने हुँदा कठिन परिस्थितिसँग जुध्न तागत आउने छ । धन सम्पत्तिका विषयमा लफडा मच्चिन जाने छ । पेशागत जीवनमा मनले चाहे जस्तो वा सोचे जस्तो अवस्था नआउने भएकाले चित्त बुझाउनु पर्ने छ । आम्दानीमा कमि आउँदा परिवारको आर्थिक सन्तुलनमा अस्थिरता आउने छ ।
कन्या
आम्दानीमा केही बृद्धि हुन जाने छ ।व्यक्तित्वमा दृढता आउने छ । तर सानो सानो विषयमा पनि कडाखाले रिस उठ्ने व्यक्तित्व हुने भएकाले यसबारेमा संयमित रहनु होला । मेहनत र पराक्रमीपनामा मन दृढ हुने भए पनि सो अनुसार शारीरिक शक्ति प्राप्त नहुँदा मेहनत र पराक्रममा असन्तुलन पैदा हुने छ । परिवारप्रति समर्पित हुन स्वाभाव हुने छ । पेशागत क्षेत्र अनुकुल रहने छ ।
तुला
धैर्य अपनाएर पाइला चाल्नु नै उपयुक्त हुने छ । मनोबल कमजोर हुने छ । शारीरिक र मानसिक कमजोरीले सताउने छ । यसको सन्तुलनका लागि नियमित रुपमा शारीरिक ब्यायाम, योगाभ्यास, ध्यान, जप जस्ता कार्य गर्नु भएमा लाभ मिल्ने छ । पारीवारिक सदस्यहरुका बीच पनि द्वन्द देखा पर्ने छ । पेशागत जीवनमा धेरै संघर्ष गर्नु पर्ने छ । पेशागत जीवनम धेरै बादबिबादमा नजानु होला ।
वृश्चिक
अध्यन अध्यापनमा भने प्रगति हुने छ । पेशागत जीवन स्थिर रहने छ । साझेदारीमा गरिएका कामहरुमा गम्भीर बादबिबाद र असमझदारी आउने भएकाले संयमित रहनुहोला । आम्दानीमा औसत समय चलिरहेकाले आम्दानीको विषयले दबाब सृजना गर्ने छ । कमाई बढाउनका लागि अस्वाभाविक दबाब लिने समय नभएकाले जे जति प्राप्त भएको छ त्यसमा सन्तुष्टि लिने गर्नु होला ।
धनु
मनोबल कमजोर बन्न जाने छ । मनोवलको अभावले गर्दा भाग्यहिनताको अवस्था सृजना हुने छ । प्रतिष्पर्धात्मक स्वाभावमा पनि कमि आउने हुँदा प्रतिष्पर्धीहरुले हेप्ने छन् । पेशागत क्षेत्रमा भने स्थिरता कायम रहने भएकाले यसले ठुलो राहत प्रदान गर्ने छ । साझेदारीमा गरिएका काममा बिबाद चर्किन जाने भएकाले यसबारेमा ध्यान दिनु होला ।
मकर
भाग्यहिनताको महशुस हुने भएकाले कार्य असफलताको क्रम देखिने छ । दुविधात्मक व्यक्तित्व बन्ने छ । व्यावसायिक तथा पेशागत जीवनमा उतारचढाव आउने छ । आम्दानीमा हुने बृद्धिले केही भए पनि राहत प्रदान गर्ने छ । पैतृक सम्पत्ति तथा आफुले कमाएको धनका विषयमा द्वन्द देखा पर्ने छ ।
कुम्भ
समय प्रतिकुलतर्फ उन्मुख भएको छ, संयमित रहनु होला । पारीवारिक तनाव उत्पन्न हुन जाने छ । परिवारका सदस्यहरुबीच झगडा र द्वन्द आउने छ । व्यक्तिगत हिसावले शितल स्वाभाव चरित्र हुने भएता पनि पारीवारिक जीवनमा भने असन्तोाषको वातावरण पैदा हुने छ । भाग्यको साथ नरहेकाले कार्य उद्देश्यमा विभिन्न बाधाहरुको सामना गर्नु पर्ने हुन्छ ।
मीन
साझेदारीमा गरिएका कामले भने तनाव थप्ने छ । दृढ खाले ब्यक्तित्व हुने भएकाले कसैले पनि हेप्न सक्ने छैनन् । जुनसुकै कठिन समयमा पनि संघर्ष गर्ने साहस आउने छ । जीवनसाथिको शारीरिक स्वास्थ्यमा आउने गडबढिले तनाव उत्पन्न गराउने छ । यौन जीवनसँग सम्बन्धित विषयमा उच्च संयमित रहनुहोला । पेशागत जीवनमा अस्थिरता देखा पर्ने छ । आम्दानीमा चित्त बुझाउँदै अघि बढ्नु पर्ने छ ।









सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
सिड्नीमा गोली चल्याे, कम्तीमा १० जनाको मृत्यु
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
एनपिएल क्रिकेट महत्वपूर्ण प्रतियोगिताका रुपमा स्थापित
सम्पूर्ण ध्यान चुनावमा केन्द्रित गर्न सरकारलाई राष्ट्रपतिकाे सुझाव
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
झापाबाट महामन्त्री विश्वप्रकाशसहित ६६ जनाको नाम सिफारिस
प्रतिक्रिया