कांग्रेस महाधिवेशन : महामन्त्री खड्का विजयी
मेरोन्यूज
२०७८ मंसिर ८ गते ११:०८

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का महाधिवेशन प्रतिनिधिमा विजयी भएका छन् । कूल खसेको ८७४ मध्ये उनले ७३६ मत प्राप्त गरे ।
कांग्रेस पदाधिकारी तथा केन्द्रीय सदस्य मनोनित भएर जाने व्यवस्था विधानतः भए पनि कार्यकर्ताबाटै अनुमोदित भएर जाने इच्छा व्यक्त गर्दै महामन्त्री खड्काले सुर्खेत क्षेत्र नं १ बाट खुला पुरुषतर्फ महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका थिए । त्यस्तै उक्त क्षेत्रबाट सभापतिमा झकबहादुर डाँगीको प्यानल विजयी भएको निर्वाचन अधिकृत नारायण कँडेलले जानकारी दिए ।
डाँगीले ७१९ मत प्राप्त गरे । उनका निकटतम् प्रतिद्वन्द्वी बलबहादुर वलीले १०३ मत प्राप्त गरे । त्यस्तै सचिवमा मोहन राना ७२० र पदमबहादुर खत्री ७१७ तथा सहसचिवमा प्रेमसिंह ठकुरी ६८४ र यामलाल पंगाली ६८७ मत प्राप्त गरी विजयी भएका छन् ।
सम्बन्धित









एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
विराटनगरलाई हराउँदै लुम्बिनी एनपीएलकाे फाइनलमा
प्रधानमन्त्री र राष्ट्रपतिबिच भेटवार्ता
भ्रष्टाचारविरुद्धको कारबाहीलाई सरकारले प्राथमिकताकासाथ अगाडि बढाएको छः प्रधानमन्त्री
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस
सुदूरपश्चिमका यी अखिलका पूर्वनेता केन्द्रीय सदस्यमा ‘डेब्यु’ गर्ने तयारीमा
एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने
फाइनलमा पुग्न विराटनगरलाई १५६ रनको लक्ष्य
विराटनगरलाई हराउँदै सुदूरपश्चिम एनपीएलकाे फाइनलमा
चलचित्र परानले गर्यो करिब १७ करोडको व्यापार, अरुको कति ?
प्रतिक्रिया