भारतको जी र सोनी टेलिभिजन मर्ज हुँदै

काठमाडौँ । भारतका दुई लोकप्रिय मनोरञ्जन टेलिभिजन एक आपसमा गाभिने (मर्ज) मा जाने भएका छन् । जी इन्टरटेन्मेन्ट इन्टरप्राइजेज लिमिटेड र सोनी पिक्सचर्स नेटवर्क लिमिटेड मर्जमा जान लागेका हुन् । उनीहरुको मर्ज प्रक्रिया अन्तिम चरणमा पुगेको दी इकोनोमिक टाइम्सले जनाएको छ ।
२ टेलिभिजनको मर्जले सिँगो भारतीय मिडिया क्षेत्रलाई नै बलियो बनाउने जी इन्टरटेन्मेन्टका प्रवन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) पुनित गोयन्कालाई उदृत गर्दै दी इकोनोमिक टाइम्सले जनाएको हो । जी र सोनी मिलेर मिडिया इन्टरटेन्मेन्टको क्षेत्रमा भारतको सबैभन्दा ठूलो कम्पनी बन्ने गोयन्काको दाबी छ ।
दुई मिडिया हाउस मिलेपछि कम्पनीको समग्र आम्दानी २ अर्ब डलरको नजिक पुग्ने उनले जानकारी दिए । सोनीले आफ्नो १ अर्ब ५७ करोड ५० लाख डलरको पुँजी मर्ज पछिको संगठित संस्थामै लगानी गर्ने बताएको छ ।
यसबाट स्पोर्ट्स लगायतका प्रिमियम मनोरन्जन सामग्री उत्पादनमा मद्दत मिल्ने उनको विश्वास छ । गोयन्काले मर्जपछि संगठित मिडिया हाउसले प्रिमियम सामग्री उत्पादन थाल्ने बताएका छन् ।
जीले टेन स्पोर्ट्स अन्तर्गतको आफ्नो स्पोर्टस व्यवसाय २०१७ मा एसपीएनलाई २४ सय करोड भारुमा बिक्री गरेको थियो । ५ वर्षसम्मका लागि प्रतिस्पर्धा नगर्ने सर्तमा हस्ताक्षर गरेको थियो । दुबै च्यानल मर्ज भएपछि खेलकूद सामाग्रीमा केन्द्रित हुने उनले बताए ।

















पूर्वी लेबनानको बालबेकमा इजरायलको आक्रमण, चार जनाको मृत्यु
निर्वाचनको सम्पूर्ण तयारी पूरा : गृह मन्त्रालय
बाख्रामा ‘पिपीआर’ रोगको सङ्क्रमण पुष्टि
निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ११ जना नियन्त्रणमा, चार मदिरा पसल सिल
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
खामेनीको मृत्युले विश्व तरंगित
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
युएईमा फ्रान्सेली सेना रहेको बेसमा इरानकाे आक्रमण
प्रतिक्रिया