सभापति देउवाद्वारा ‘काँग्रेसको अबको बाटो’ विमोचन

काठमाडौँ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् सांसद डा डिला सङ्ग्रौला ‘पन्त’ को ‘काँग्रेसको अबको बाटो’ पुस्तक विमोचन गरिएको छ । नेपालको सबैभन्दा पुरानो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसले आगामी दिनमा कस्तो बाटो लिनुपर्छ भन्ने सन्दर्भमा तयार पारिएको पुस्तकको आज कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले विमोचन गरेका हुन् ।
प्रधानमन्त्री देउवाले पार्टीको महाधिवेशनको पूर्वसन्ध्यामा विमोचन गरिएको उक्त पुस्तक आम पार्टीका नेता तथा कार्यकर्ताका लागि मार्गदर्शन बन्ने बताए । “पार्टीको १४औँ महाधिवेशनमा यो पुस्तक कांग्रेसका लागि प्रेरणाको स्रोत बन्न सक्छ,” उनले भने । सभापति देउवाले डा सङ्ग्रौला पार्टीभित्र महिला अधिकारका लागि लड्ने सशक्त महिला भएको उल्लेख गर्दै पुस्तकको थप सफलताको शुभकामना व्यक्त गरे ।
पुस्तकका लेखिका डा सङ्ग्रौलाले १४औँ महाविधेशनमा पार्टीभित्र व्यापक बहस र छलफल जरुरी रहेको बताइन् । “पार्टी रुपान्तरण र महिला सशक्तीकरणका लागि पुस्तकमार्फत अठोट लिएको छु,” उनले भनिन् ।
पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्यालले कांग्रेसका लागि आगामी बाटो चुनौतीपूर्ण रहेको भन्दै नेतृत्वले ती चुनौती चिर्दै अगाडि बढ्नुपर्ने बताए । कांग्रेस बलियो बने मुलुकको विकास हुने उनको भनाइ थियो ।
त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा उद्धव खरेलले पुस्तकमार्फत इतिहासको जगमा भविष्यको कांग्रेस खोजी गरिएको बताए । “पुस्तकमा बिपीको चिन्तनअनुसार कांग्रेसको धरातल प्रस्तुत गरिएको छ”, उनले भने, “कांग्रेस जान्न र बुझ्न खोज्नेहरुका लागि पुस्तक उपयोगी हुनेछ ।”
पुस्तकमा नेपाली कांग्रेसको संक्षिप्त इतिहास, सैद्धान्तिक स्पष्टता, उपलब्धिहरु, अबको बाटो, राष्ट्रवादको कसीमा कांग्रेस, जनताले चाहेको कांग्रेस, अमूल्य योगदानका अग्रज र १४औँ महाधिवेशनका एजेन्डाहरु प्रस्तुत गरिएको छ । रासस
















सभामुख अर्यालले लिए शपथ
द्वन्द्वग्रस्त सुडानमा अस्पताल असुरक्षित, हजारौँ नागरिक प्रभावित
राष्ट्रियसभा उपाध्यक्ष एमालेले पाउने
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
प्रतिक्रिया