पार्टीभित्रको प्रतिस्पर्धालाई आम निर्वाचनमा प्रस्तुत गर्नुहुँदैन : सहमहामन्त्री डा महत

काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई आम निर्वाचनमा प्रस्तुत गर्न नहुने बताएका छन् ।
काठमाडौँ जिल्ला सभापति पदमा उपेन्द्र कार्की समूहको उम्मेदवारी घोषणासभा कार्यक्रममा उनले पार्टीको आन्तरिक जीवनमा हुने प्रतिस्पर्धा सामान्य भएको भन्दै यसलाई आम निर्वाचनमा प्रस्तुत गर्न नहुने बताएका हुन् ।
सहमहामन्त्री डा महतले आन्तरिक प्रतिस्पर्धामा असहिष्णुता हुन नहुने भन्दै एकअर्कालाई होच्याउने काम नगर्न सुझावसमेत दिए । “नेताले कमीकमजोरी गरे त्यो स्वीकार गर्ने संस्कृति बसाउनुपर्छ, जित्ने हार्ने दुवैले पार्टी, जनता र सिद्धान्त प्रमुख ठानेर काम गर्नुपर्छ, पार्टीमा व्यक्तिभन्दा विचार र संस्था महत्वपूर्ण हुन्छ”, उनले भने ।
पार्टीको १४औँ महाधिवेशनबाट पार्टी रूपान्तरण र बलियो बनाउन आवश्यक रहेको उनको भनाइ थियो । कांग्रेस काठमाडौँका सभापतिका उम्मेदवार कार्कीले कांग्रेसमा नयाँ ऊर्जा र सफलता थप्नका लागि आफूले सभापति पदमा उम्मेदवारी दिन लागेको जानकारी दिए ।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य अम्बिका बस्नेत, किरण गिरी, ध्यानगोविन्द रञ्जित, सांसद भीमसेनदास प्रधानलगायतको उपस्थिति रहेको थियो । कार्की समूहबाट उपसभापतिमा धर्म अर्याल र रामलाल श्रेष्ठ, सचिवमा सागरदास रञ्जित, सहसचिवमा लक्ष्मण गौतम र सुस्मिता प्रधानले उम्मेदवारी दिने भएका छन् ।









अन्तरराष्ट्रिय साझेदारी र लगानीका कार्यक्रममा स्थानीय सरकारलाई निर्णायक भूमिकामा राख्नु पर्छ: उपप्रमुख डंगोल
82 days to go for election: Political parties contesting the PR election system get election symbols
आजका लागि सागसब्जी र फलफूलको मूल्य
हात्तीको आक्रमणबाट मोरङमा एक जनाको मृत्यु
कारागारबाट फरार भइ चोरीमा संलग्न भएको आरोपमा एक जना पक्राउ
लुम्बिनीविरुद्ध ब्याटिङ गर्दै काठमाडौँ
लुम्बिनी दोस्रो क्वालिफायरमा, काठमाण्डु बाहिरियो
अछाममा प्रथम जीबी मेमोरियल स्कुल क्रिकेट प्रिमियर लिग सुरु
काठमाण्डुले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य
सरकार र जेनजीबिच दश बुँदे सम्झौता ( बुँदासहित )
प्रतिक्रिया