आज कुन राशीको दिन कस्तो ?
आज २०७८ साल मंसिर महिनाको १० गते शुक्रबार, मंसिर कृष्णपक्षको सप्तमी तिथि ।
मेष
प्रेममा सफलता मिल्ने छ । मधुरो बोली हुने हुँदा अरुको मन जित्न सकिने छ । रिसको मात्रा भने धेरै रहने भएकाले ध्यान दिनु होला ।आम्दानीमा केही बृद्धि देखा पर्ने छ । परिवारमा प्रेम, मिलन तथा शान्तिपूर्ण वातावरण हुने छ । परिवारका सदस्यहरुबीच सहयोगि भावमा बृद्धि हुने छ ।
वृष
चोरीको भय देखिन्छ । दाम्पत्य जीवनमा मिठासपनाको अभाव देखिएता पनि कठिन अवस्थामा एक अर्कालाई सहयोग गर्ने बानीमा भने दृढता आउने छ । भाग्यहिनताले गर्दा थालिएका कामहरु निकै ढिला गरि मात्र सफलतातर्फ जाने छन् । मनमा आउने दृढताले जस्तो सुकै काम पनि गर्न सक्छु भन्ने लाग्ने छ । पेशागत जीवनमा समस्याहरुसँग जुध्दै अघि बढ्नु पर्ने छ ।
मिथुन
सामाजिक रुपमा प्रतिष्ठा र सम्मान प्राप्त हुने छ । पारीवारिक जीवनबाट सन्तोष मिल्ने छ । बोलीमा भने कडापन देखिन जाने छ । समय सकारात्मक रहेकाले उन्नति प्रगतिका अवसरहरु प्राप्त हुने छन् । पेशा तथा ब्यवसायमा पनि सकारात्म नतिजाहरु आउने छन् । मनमा दृढता आउने भएकाले अन्योलता हट्ने छ ।
कर्कट
अदालति तथा प्रशासनिक मुद्धा मामिलामा समय खर्च हुने छ । पेशागत जीवन र ब्यवसायिक जीवनमा सकारात्मक कदमहरु चल्ने छन् । तर साझेदारीमा भए गरेका कामहरुमा भने द्वन्द देखिने भएकाले सतर्क रहनु उपयुक्त हुन्छ । मेहनत र पराक्रमी स्वाभावमा पनि बृद्धि हुने छ । व्यक्तित्वमा दृढता आउँदा बलियो खालको स्वाभाव हुने छ ।
सिंह
मनमा पश्चातापका विचारहरु धेरै आउने छन् । जीवनसाथि र परिवारका सदस्यहरुले साथ दिने हुँदा उन्नति प्रगतिका ढोका खुल्ने छन् । तर व्यक्तित्व भने अन्योल खालको हुने छ । पेशागत जीवनमा उन्नति प्रगतिका क्रमहरु प्राप्त हुने छ । तर नेतृत्व क्षमतामा आउने कमिले गर्दा आफूभन्दा तलका व्यक्तिहरुले कम आँकलन गर्ने छन् ।
कन्या
शारीरिक र मानसिक थकाईका कारण उर्जाको अभाव हुने छ । मनमा नकारात्मक विचार र भावनाले सताउँदा उत्साह र उमङ्गको कमि देखिने छ । खासगरी भविष्यका बारेमा मनमा बढि नै चिन्ता आउने छ । शरीरमा धेरै थकाई लाग्ने क्रम देखिने छ । जे जस्तो अवस्थामा पनि भाग्यको साथ रहेकाले कठिनाईहरुसँग सामना गर्न शक्ति भने प्राप्त हुने छ ।
तुला
आकस्मिक नतिजाहरुबाट मनमा प्रशन्नता छाउने छ । कर्मप्रति केन्द्रीत हुने समय रहेकोले कार्यालयका कामहरुमा तनमन लाग्ने छ ।ब्यवसायिक जीवनमा सकारात्मक परिणामहरु देखिने छ । आफ्नो काम प्रति गौरव बढ्ने छ । मनमा भने निकै उदासिनता बढ्ने भएकाले संयमित रहनु होला । निर्णय क्षमता पनि कमि देखिने छ । साझेदारीमा समस्या आउने छ ।
वृश्चिक
उत्साहि र मनमा पशन्नताका मात्रा देखिने छ । भाग्यको बलियो साथ रहेकाले आँटेका कामहरुमा राम्रो नतिजा देखिने छ । खासगरी आर्थिक लक्ष्यहरु प्राप्त हुने छन् । आम्दानीमा बृद्धि हुने छ । पेशागत जीवनमा भने केही समस्याहरुसँग जुध्नु पर्ने छ । साझेदारीमा गरिएका कामहरुमा पनि द्वन्दात्मक अवस्थाबाट गुज्रनु पर्ने छ ।
धनु
भोज भतेर तथा पार्टीहरुमा सहभागि हुन पाइने छ । बौद्धिक खालको व्यक्तित्व हुँदा बोलेका कुरामा अरुले छिट्टै विश्वास गर्ने छन् । आम्दानीमा केही बढोत्तरी हुँदा मनोबलमा भने बृद्धि हुने छ । मनमा भने अनावश्यक चिन्ताले सताउँदा उदासिनता देखिने छ । व्यापार विजनेशमा रहेकाहरुको हकमा आफ्नो उद्योग प्रतिष्ठानमा श्रम सम्बन्धि समस्याले गिजोल्ने छ ।
मकर
मित्र मिलन हुने छ । आन्तरिक भित्रि बुद्धि सक्रिय हुने भएकाले समस्याहरुबाट पार पाउन ठुलो मद्धत पुग्ने छ । बौद्धिक क्षेत्रमा लाग्न तिब्रता आउने छ, भने प्रगति पनि हुने छ । दुविधाले भरिएको व्यक्ति हुने हुँदा अन्योलग्रस्त छवि बन्ने छ । मेहनत धेरै तर प्रतिफल कम प्राप्त हुने छ । आम्दानीमा हुने स–सानो बृद्धिले आर्थिक क्षेत्रमा भने राहत दिनेछ ।
कुम्भ
धोकापूर्ण अवस्थाप्रति सजग रहनु नै उत्तम हुने छ । प्राप्त हुनु पर्ने पैसा वा पासटी दिएका पैसाहरु उठन कठिन हुने छ । मनमा खिन्नताले सताउने छ यसले गर्दा मनोबल पनि कमजोर हुने छ । दाम्पत्य जीवनमा कटुता आउने र बिबादका मात्रा बढ्न पुग्ने छ । साझेदारीमा गरिएका काममा साझेदारहरुबीच बादबिबादका क्रम आउने छ ।
मीन
नयाँ नयाँ ठाउँमा घुम्न पाइने छ । साथै मिठामिठा परिकार भोजनको अवसर मिल्ने छ । दम्पतिमा प्रेमका भावनाले स्थान पाउने छ । परिवारका सदस्यहरुबीच मिलन हुने छ । आन्तरिक रुपमा प्रतिष्पर्धात्मक क्षमतामा बृद्धि हुने छ । आम्दानीमा भने सोचे जस्तो नतिजा आउने छैन् । मनमा शान्तिको क्रम बढ्न जाँदा आफैप्रति गौरव र आत्माबोध हुन जाने छ ।
(ज्यो. गुरु दिवाकर पन्त– ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् सम्पर्क– ९८१३६३७२३८)











दक्षिण कोरियाको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण असफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
क्रियाशील सदस्यता वितरण सहजीकरणका लागि गगन थापाको चार बुँदे निर्देशन
रवीन्द्र मिश्र पर्सा-३ बाट पनि उम्मेदवार सिफारिस
अध्यक्ष कमल थापाको नाम काठमाडौँ ५ र बाँके २ बाट सिफारिस
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
प्रतिक्रिया