शुक्रबार, फागुन २२, २०८२

झण्डै ६ महिनापछि देउवा-ओली प्रत्यक्ष भेट हुँदैं

आँफु प्रधानमन्त्री हुँदा शुभकामना समेत नदिएका ओलीको पार्टी महाधिवेशनमा शुभकामना दिन प्रधानमन्त्री देउवा हेलिमार्फत चितवन पुग्दैछन

मेरोन्यूज २०७८ मंसिर १० गते १२:१४

काठमाडौं । प्रधानमन्त्री शेरवहादुर देउवा र प्रतिपक्षी दलका नेता केपी ओली वीच झण्डै ६ महिनापछि प्रत्यक्ष भेटवार्ता हुँदैछ । भेटमात्रै होइन, यी दुई नेताका वीचमा एउटै मञ्चमा सँगै बस्ने कार्यक्रम पनि बनेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

ओलीको झण्डै ४२ महिना नेतृत्व गरेको सरकारको विकल्पमा कांग्रेस सभापति शेरवहादुर देउवाको नेतृत्वमा सरकार बनाउन सर्वाेच्च अदालतले गत असार २८ मा परमादेश जारी गरेयता ओली र देउवाका वीचमा प्रत्यक्ष भेटवार्ता भएको थिएन ।

हुन त त्यस अगाडी पनि कांग्रेसले माओवादी केन्द्र लगायतका अन्य दलहरुसँग गठबन्धनको प्रयास गरेर आफुलाई विस्थापनको कोसिस गरेपछि देउवा र ओलीका वीचमा भेटवार्ता खास्सै हुन छोडेको थियो । तर जव अदालतले ओलीलाई सत्ताच्यूत गरिदियो त्यसपछि भने ओलीले देउवालाई भेट्नै चाहेका थिएनन ।

२९ असारमा राष्टपति निवासमा कांग्रेस सभापति शेरवहादुर देउवाले प्रधानमन्त्रीका रुपमा सपथ ग्रहण लिँदा समेत ओली तयहाा पुगेनन । उनले देउवालाई प्रधानमन्त्रीका रुपमा अहिलेसम्म भेटेर वधाई सम्म पनि दिएका छैनन । संसदमा पनि देउवाले विश्वासको मत लिने वेला मुखामुख गरेपनि खास सम्वाद यी नेताहरुका वीचमा भएको थिएन ।

त्यसयता एमालेले आफनो दललाई विभाजन गर्न सरकारले अध्यादेश ल्याएको र दल विभाजन गरिदिएको , सभामुखले पूर्वाग्रह राखेर काम गरेको आक्षेप लगाउँदै निरन्तर संसद अवरुद्द गर्ने काम गरिरहयो । जसकाकारण अहिले संसद नै चलेको छैन । चालु संसदको अधिवेशन एमालेको निरन्तरको अवरोधका कारण सरकारले पनि ढुक्कैले अन्त्य गरेर वसिदिएको छ ।

द्येउवाले ओलीसँग सम्वन्ध सुधारका लागि आफना क्याबिनेटका मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पटक पटक ओलीको बालकोट स्थित निवासमै पठाएपनि ओली देउवाको प्रस्तावमा सकारात्मक भएका थिएनन ।

तर अहिले ओली देउवा भेटको संयोग भने जुराईदिएको हो – एमालेको दशौं महाधिवेशनले । महाधिवेशनका लागि एमालेले प्रधानमन्त्री देउवा सहितका अन्य राजनीतिक दलका शीर्ष नेताहरुलाई निम्तो पठाएको थियो । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)लाई अवैध ढंगले जन्मिएको पार्टी भन्दै निम्तो नपठाएपनि अन्य पार्टीका शीर्ष नेतालाई ओलीले महाधिवेशनमा शुभकामनाका लागि निम्तो पठाएका थिए ।

प्रधानमन्त्री देउवालाई पनि ओलीले संसदीय दलका उपनेता सुवास नेम्वाङ र राजन भटटराईलाई पठाएर निम्तो गरेका थिए । त्यही निम्तो मान्न र एमाले महाधिवेशनमा शुभाकमना सन्देश दिन प्रधानमन्त्री अहिले केही वेरमा हेलिकप्टरमार्फत चितवन एमाले महाधिवेशन स्थल जान लागेका हुन ।

त्यही ओली र देउवाका वीचमा प्रत्यक्ष भेटघाट र सम्वाद हुन लागेको हो ।

प्रतिक्रिया